नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ।

यस वर्ष यमपञ्चक अर्थात तिहार कार्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड पर्व, कार्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी परेको छ। काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ।

रासस