इटहरी: २७ औ अन्तराष्ट्रिय अपागंता दिवसको अवसर पारेर अपागंता भएकाहरुलाई सहयोग पुरयाएको भन्दै सुनसरीको इटहरीमा रहेको नेपाल चेलीवेटी अपागं महिला समाजले विभिन्न संघसंस्थालाई सम्मान गरेको छ ।
अपागंता भएकाहरुलाई विभिन्न किसिमले सहयोग पुर्याएको भन्दै महिला सञ्जाल सुनसरीका साथै अपागंमेत्री विद्यालयहरुका साथै अपागंता भएर पनि उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सम्मान गरेकी हुन । सोही कार्यक्रममा अपागंता भएका व्यक्तिहरुलाई सहायोग? सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
कार्यक्रममा युनाइटेड मिसन टु नेपालकी वालकुमारी पुन, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठ लगायत, महिला सञ्जालकी विमला ढकाल लगायतको सहभागिता रहेको थियो ।