सुनसरी: इटहरी उपमहानगरपालिकाले महिला हिंसाविरुद्ध पुरुष सहभागिता बिषयक एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । पुरुष सहभागिता विना हिंसा न्यूनिकरण गर्न नसकिने भएकाले गाँउ गाँउमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रममा इटहरीका सवै वडाबाट एक एक जना युवा र बिभिन्न सामाजिक क्षेत्रमा सकृय युवा, कलेजका विद्यार्थी गरि ४० जनाको सहभागिता थियो । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागि युवाले आफनो वडामा कम्तिमा चार ठाँउमा स्वयंसेवी रुपमा महिला हिंसा विरुद्ध पुरुष सहभागिता विषयक सचेतना कार्यक्रम गर्ने इटहरी उपमहानगर सामाजिक विकास शाखा प्रमुख उपसचिव दवाडीले वताइन् । कार्यक्रममा महिला हिंसाका वारेमा उपसचिव भोजकला दवाडी,महिला हिंसा विरुद्ध पुरुष सहभागिता किन भन्ने बिषयमा उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम, हिंसा गरे के सजाँय हुन्छ भन्ने वारेमा संविधानसभाका सांसद रेवती भण्डारी, महिला हिंसा विरुद्ध युवाको भूमिका विषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठ र पब्लिक स्पिकिङ्ग किन जरुरी छ भन्ने बिषयमा लिलाराज भटटराईले प्रशिक्षण दिएका थिए ।