तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा आइतवार आगलागी भएको छ । आगलगी हुँदा अन्दाजी १८ लाख १४ हजार मूल्य बराबरको क्षति भएको छ ।

दिल बहादुर कार्कीको घरमा बिहान करिब साढे ६ बजे सोलार प्यानलमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा कार्कीको फुसको छानो भएको ३ तले घर, घरमा रहेको किराना पसल, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर नष्ट भएको छ ।
उक्त स्थानमा प्रहरी चौकी पोक्लावाङबाट प्रहरीको टोली खटि गई स्थानीयवासीको सहयोगमा बिहान पौने ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।