सुनसरी : ईटहरी उप(महानगरपालिका १४ लोहनी टोलमा ट्याक्टरबाट लडेर मृत्यु भएको छ । गम्भीर घाइते भएका २४ वर्षीय बिशाल कुमार शाहको उपचारको क्रममा मृत्यु भएको हो ।

गत पौष २ गते भित्री सडक खण्डमा को २ त ६१६० नम्बरको  ट्याक्टरमा सवार  एन एम ईटाभट्टामा मजदुरी गर्दै आएका मोरङ भुटाहा बस्ने शाह ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते शाहलाई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा आइतवार दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्याक्टर र चालक ईटहरी १५ पोखरीया बस्ने ४५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।