झापा : झापामा अवैध लागूऔषध २ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका ६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित शनिवार २ जनालाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले लागूऔषध खैरो हेरोईन सहित होटल संचालक ४८ वर्षीय लक्ष्मी प्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ५५ वर्षीय खेमल मण्डललाई पक्राउ जनाएको छ । साँझ ५ बजेको समयमा लागूऔषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले होटलको १०६ नम्बरको कोठामा चेकजाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला परेको थियो ।
बरामद लागूऔषध सहित पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।