इटहरी: मुलुकमा वढी रहेको भष्ट्रचार नियन्त्रणका लागि युवाहरुले भुमिका निर्वाह गर्नुपर्नेमा सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

युवा विकास केन्द्र इटहरीको संयोजनमा प्रदेश नम्वर १ मा भष्ट्चार नियन्त्रणका विषयमा सचेतना अभियान अन्र्तगत इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले भष्ट्चार नियन्त्रणमा युवाहरुको भुमिका महत्वपुर्ण हुने वताएका हुन ।

इटहरीको मुख्य चौक क्षेत्रमा रहेको रेयुकाई चौतारीमा आयोजित कार्यक्रममा भष्ट्चार विरुद्धमा संदेश मुलक नृत्य, युवाहरुको मत सर्भेक्षण साथै मन्त्व लगायतका कार्यक्रम समावेश रहेका थिए । कार्यक्रममा भष्ट्चारले मुलुकलाई जरजर वनाउने भन्दै भष्ट्चार गर्ने प्रवृति रोक्ने विषयमा दिवस पोखरेल, सम्राट थापा, सञ्जय चौधरी लगायतले बोलेका थिए ।