धरान  :  संखुवासभाबाट धरान आउदै गरेको बस कोशी राजमार्गअन्र्तगत धरान भेडेटार सडकखण्डमा दुर्घटना हुदा बस चालकसहित १९ जना घाइते भएका छन् ।

शुक्रबार साँझ करिब साढे ५ बजेतिर धरान ४, आँपगाछीमा ना ५ ख २०० नम्बरको बस दुर्घटना भएको हो । तीब्र गतिको कारण अनियन्त्रित भई बस सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ‘बस टर्निङमा मोड्ने क्रममा तीब्र गतिमा भएको कारण अनियन्त्रित भएर पल्टिएको हो,’डिएसपी सुमन तिम्सिनाले भने ।
दुर्घटनमा घाइतेहरुलाई डिएसपी तिम्सिना आफै खटिएर उद्दार गरी उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएका थिए । घाइतेहरुको अधिकांश संखुवासभाका छन् । बस चालक छत्रबहादुर गुरुङ पनि घाइते भएका छन् ।
घाइतेहरुको नाम र ठेगाना ः

१, जिल्ला संखुवासभा नुनढाकी ५ बस्ने बर्ष २६ की सोनिका लिम्बु, टाँउकोमा चोट ।
२, निजको छोरा बर्ष २को सेसहाङ लिम्बु, टाँउकोमा चोट मध्याम ।
३, ऐ ऐ नागी डाँडा गा.पा. १ बस्ने बर्ष २३ को अनिस तामाङ्, सामान्य ।
४, ऐ ऐ पाँच खपन न.पा. ८ बस्ने बर्ष ४५ को सोभा बहादुर, तामाङ्, सामान्य ।
५, ऐ ऐ चैनपुर बस्ने बर्ष २५ को गौरब डाँगी, सामान्य ।
६, ऐ ऐ संखुवासभा ताम्खुक २ बस्ने बर्ष ४५ को दिल ब. जिमी, निधारमा चोट बोल्न सक्ने ।,
७, ऐ ऐ तामाफोक ९ बर्ष २९ की हर्क माँया जिमी, सामान्य ।
८, ऐ ऐ थादीङ्ग ९ बस्ने बर्ष ४७ को खगेन्द्र लिम्बु, सामान्य ।
९ , ऐ ऐ मादी ९ बस्ने बर्ष ४४ को इन्द्र मान लिम्बु, सामान्य ।
१०, ऐ ऐ चैनपुर १ बस्ने बर्ष ३५ को सिता लिम्बु , सामान्य ।
११, जिल्ला सुनसरी इटहरी उ.म.न.पा. १ बस्ने बर्ष २२ को सुमन सेक, सामान्य ।
१२, ऐ ऐ इटहरी १ बस्ने बर्ष २२ को सुभम सेक, सामान्य ।
१३, ऐ ऐ बरहा न.पा. ३ बस्ने बर्ष २५ को बल बहादुर बिक, सामान्य ।
१४, ऐ ऐ दुहबी १० बस्ने बर्ष ३५ को रबिन घिमिरे, दाहीने हातमा चोट सामान्य ।
१५, जिल्ला मोरंग बिराटनगर ०५ बस्ने बर्ष २५ को गंगा दाहाल, टाँउकोमा चोट बोल्न सक्ने ।
१६, जिल्ला संखुवासभा चैनपर ५ बस्ने बरष ३३को प्रेम बहादुर सिवा, सामान्य ।
१७, ऐ ऐ ८ पाँखन बस्ने बर्ष ३२ को चतुर सिह,सामान्य ।
१८, जिल्ला मोरङ बिराटनगर ३ बस्ने बर्ष ५२ को दिल कुमार पौडेल, सामान्य ।
१९, जिला सुनसरीदुहबी सोनापुर बस्ने बर्ष ५१को छत्र ब. गुरूङ (बस चालक ) सामान्य ।