सुनसरी : सुनसरीको कोशी गाउपालिका ३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् ।
बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने २७ वर्षीय अखलेश मन्डल र १४ वर्षीय प्रमोद राउतलाई हानेर घाईते बनाएको हो ।
घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात अखलेश डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।