झापा : झापाको गौरीगंज गाउपालिका हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनको श्रीमतीको जलेर मृत्यु भएको छ ।

शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी हुँदा ४५ बर्षिय सुनिता टुडुको सुतेकै स्थानमा मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट घटनास्थलतर्फ प्रहरीको टोलिले खटिगई आवश्यक अनुसन्धान पश्चात शवलाई परिक्षणको लागि आम्दा अस्पताल दमक पठाईएको उक्त कार्यालयले जनाएकोछ ।