सुनसरी : गत मंसिर ५ गते बिहानै मर्निंङवाक निस्केका सनसरीको दुहबीका फिदा हुसेनको गोली हानी हत्या गरिएको घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले अहिले इनरुवामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । घटनालगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, सुनसरी प्रहरीको टोलीले अनुसन्धान थालेको थियो । प्रहरी स्रोतका अनुसार हुसेनको हत्यामा संलग्नलाई हतियारसहित सार्वजनिक गरिदैछ ।