उर्लाबारी : वरीपरी वनजंगलले घेरिएको गाउँको माथिल्लो भेगमा अवस्थीत एउटा सुन्दर अनि रमणीय स्थान हो बेतिनि सिमसार । केही संरचनाहरु कृतिम छन भने केही चाहीँ प्रकृतिले नै दिएको छ । दैनिक आउने जानेको भिड निकै बाक्लो लाग्न थालेको छ बेतिनि सिमसारमा ।

beteni 5

पूर्व पश्चिम लोकमार्ग देखि करिब २ किमि उत्तरमा रहेको यस सिमसारमा पुग्नका लागि ग्राभेल गरिएको फराकीलो सडकको पनि व्यवस्था गरिएको छ । आफ्नै सवारी साधान नभएकाहरुलाई मंगलबारे चोक देखि सिटि रिक्सा, अटो लगायतका सवारी साधानहरुले निरन्तर सेवा दिइरहेका छन् । सडकमा बेतिनी आउने र जानेको निकै घुइँचो छ ।

बेतिनी सिमसार मोरङ जिल्लाको सबैभन्दा पूर्वमा पर्ने उर्लाबारी नगरपालिका वडा नं. २ मा अवस्थित छ । प्राकृतिक रुपमा पानीको प्रसस्तै मुहानहरु भएको यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागि उर्लाबारी नगरपालिकाले पनि आर्थिक रुपमा सहयोग गर्दै आएको छ । आव २०७५÷०७६ मा पनि नगरले ५० लाख रुपैया लगानी गरेको थियो । नगरको बजेट र आफ्नो आन्तरिक आम्दानीबाट पर्यटन प्रबद्र्धनका लागि निकै कामहरु भएको कुरा अध्यक्ष भिमबहादुर राईले जानकारी दिए ।

beteni 2

बेतिनी सिमसार जम्मा ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सोही क्षेत्रफल भित्र ५ हेक्टर क्षेत्रफलमा २ वटा जलासय युक्त पोखरीहरु रहेका छन् । पोखरीको पानी अत्यन्तै चिसो, सङ्लो र कञ्चन छ । पोखरीको डिलमा पुगेर घण्टौँ बस्दा पनि अझै बसिरहुँ, त्यो वरीपरीको मनोरम दृष्य हेरिरहुँ जस्तो लाग्छ । पोखरीको वरीपरी रहेका पानीहाँस, बकुल्ला, पानीकाग, पोखरीमा भेटिने कछुवा, माछाले पनि यसको शौन्दर्यलाई अझ वढावा दिइरहेका छन् । पोखरीमा रहेको बोट (डुङ्गा) मा चडेर पोखरी सयर गर्दाको आनन्द त झन अहा ! अरु ठाउँमा कहाँ कल्पना पनि गर्न सकिदैन । यस क्षेत्रमा भेटिएको अजिङ्गरको भिडियो केही समय अगाडी सामाजिक संजाल फेसबुकमा भाइरल भएको थियो । अहिलो त्यो अजिङ्गरको पनि व्यवस्थापन गरिएको छ । बेतिनी सिमसार आसपासमा यस्था थुप्रै वन्यजन्तुहरु रहेका छन् ।

beteni 3

उर्लाबारीको सबैभन्दा धेरै सिमसार र पिकनीक क्षेत्रहरु भएको वडा हो २ नं. वडा, यस वडामा ३ वटा क्षेत्र प्रख्यात छन् पिक्निकका लागि । वडाले पनि आफ्नो क्षेत्रमा रहेका यस्ता रमणीय क्षेत्रहरुको व्यवस्थापन गर्नका लागि कम्मर कसेर लागेको वडा अध्यक्ष राजन कडेँलले बताए । बेतिनी सिमसारमा बिदाको दिनमा अहिले पनि पर्यटकको अत्यन्तै घुइँचो लाग्ने गरेको छ । अगाडी गेटदेखि भित्र पसेपछि सबैक्षेत्र घुमेर फर्किनका लागि कम्तीमा पनि ३ घण्टा लाग्छ । यस क्षेत्रभित्र रहेका यी मनोरम दृश्यहरुले आउने पर्यटकलाई अझै हेर्न लालायित बनाउने गरेका छन् । आगामी दिनमा बेतिनी सिमसारलाई अझै व्यवस्थित बनाउदै लौजाने योजना रहेको सिमसार व्यवस्थापन समितिको छ । सिमसार पस्नुभन्दा अगाडी नै टिकट काउन्टर र गेटमा सुरक्षा गार्ड सहितको व्यवस्थापन गरिएको छ । गेटबाट भित्र पस्नासाथ रमाइलो दृष्य अवलोकनको क्रम सुरु हुन्छ । जाडोको मौसममा पीकनीक खानका लागि आउनेको संख्या बढी हुन्छ भने गर्मी मौषममा चाहीँ घुम्ने, सितलको अनुभव गर्नका लागि आउनेको संख्या वढी हुनेगरेको छ ।

बेतिनी सिमसारमा के के छन् ?

१. चिल्ड्रेन गार्डेन

गेटबाट भित्र पस्नासाथ बाटोको दक्षिणपटी चिल्ड्रेन गार्डेन रहेको छ । गार्डेनमा बालबालिकाहरुका लागि खेल्न बनाइएको पिङ, चिप्लेटी लगाएतका खेल सामग्रीहरु रहेका छन् । यहाँ आएका बालबालिकाहरु घण्टौँ सम्म पनि यहाँ रमाउन सक्ने वातावरण रहेको छ ।

२. वाटर फाउण्डेसन

गेटबाट भित्र पस्नासाथ बाटोको दक्षिणपटी चिल्ड्रेन गार्डेन छेउमा नै वाटर फाउण्डेसन निर्माण गरिएको छ । यहाँ पानीको फोहोरा लगाइएको छ । सेल्फी खिच्ने देखि पानीमा रमाउनेका लागि अति उत्तम स्थान हो वाटर फाउण्डेसन । अग्लो कृतिम पहाडबाट खसाइएको पानी र वाटर फाउण्डेसनमा हुने पानीको फाहोराले जो कसैको पनि मन लोभ्याउँछ । वाटर फाउण्डेसन बालबालिका देखि वृद्धवृद्धा सम्म सबै उमेरका पर्यटकहरुका लागि रमाउने उपयुक्त स्थान रहेको छ ।

३. पजल पार्क (भूलभूलैया)

वाटर फाउण्डेसन देखि दक्षिणपटी रहेको पजल पार्क पनि बेतिनी सिमसारको मनोरम क्षेत्र हो । पजल पार्कको बिचमा मानव स्ट्याचु रहेको छ । पजल पार्कको गेट देखि नै पजल सुरु हुन्छ । हामीले पत्रिकामा, किताबमा पजल मिलाए जस्तै यहाँ पनि थुप्रै बाटाहरु मध्ये सही बाटो छनोट गरेर स्ट्याचुमा पुग्नुपर्ने हुन्छ । बाटो पत्ता लगाउन नसकेको खण्डमा हामी पजल पार्कमा केही समय हराउन सक्छौँ । पजल पार्कमा लगाइएका विरुवाहरुको बिचबाट बाटो रहेको छ, सोही बाटोलाई हामीले पत्ता लगाएर पजल पार्कमा रमाउन, सेल्फी खिच्न, भिडियो खिच्न सक्छौँ ।

४. आकासे पुल

मुख्य गेटबाट भित्र पसेपछि हामीले सिधा अगाडी आकासे पुल देख्न सक्छौँ । हामीले पैदल यात्राबाट पुलमा भएका आकर्षक सिडीँहरु र आकासे पुल हुदैँ अगाडीको मनोरम दृष्यहरुको अवलोकन गर्न सक्छौँ । आकासे पुल पनि बेतिनि सिमसारको अर्को आकर्षणको केन्द्र हो ।

५. पिकनिक स्पर्ट

आकसे पुलबाट अझ अगाडी जादैँगर्दा हामीले पिक्निक स्पर्टहरु देख्न सक्छौँ । छुट्टीको दिनमा दर्जनौँ समूहहरु पिक्निकका लागि यहाँ आउने गरेका छन् । पिक्निकका लागि चाहिने आवश्यक सामानहरु सबैको व्यवस्था भएको यस क्षेत्रमा तपाइ पनि पिक्निकका लागि जान सक्नुहुनेछ ।

६. जलासय युक्त पोखरी र डुङ्गा

पाँच हेक्टर क्षेत्रफलमा फैलिएका २ वटा पोखरीले यहाँको मनोरम वातावरणलाई अझै सुन्दरता थपेका छन् । पोखरीको बिचमा डुङ्गाबाट सयर गर्दा र सेल्फी लिदाँको आनन्द तपाइ कल्पना गर्नुस त कस्तो होला ? तलाउको बिचमा पुगेर पानीमा हेर्दा देखिने माछा, सङ्लो पानी, अनि तलाउ भित्र हल्लिरहने ति झार र बुट्यान आहा ! कस्को मन लोभ्याउदैन त यस्ले ? डुङ्गामा सयर गर्दा छेउमै पानी मुनीबाट निस्क्ने पानीकाग, पानीहाँस अनि पोखरीको वरीपरिका रुखमा वसिरहने अन्य सेता, काला रं , अनि तलाउ भित्र हल्लिरहने ति झार र बुट्यान आहा ! कस वरीपरिका रुखमा वसिरहने अन्य सेता, काला रंगका चराहरुले पनि उतिक्कै तानेको छ । आन्तरिक पर्यटनको प्रचुर सम्भाबना रहेको बेतेनिको उचित प्रचार भए आन्तरिक पर्यटक भित्र्याउन थप टेवा पुग्ने देखिन्छ ।

beteni 1