इनरुवा: सुनसरीको दुहबी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उद्घोषण तालिम शुक्रवारदेखी शुरु भएको छ ।

दुहवी नगरपालिका वार्ड नं ५ स्थित सरस्वती माविमा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी नगरपालिका वडा नम्वर ६ को सहयोगमा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष मुन्ना हलुवाई रहेक थिए । उनले विकास सबैको माझ पुरयाउने उद्देश्यले दुहबीका युवा, युवतीहरुहरुलाई लक्षित गरी पत्रकारिता तालिम आयोजना गरेको बताए । उनले पत्रकारहरुले कुनै विषयको समचार लेख्दा कोही व्यक्तिलाई नहेरी निष्पक्ष रुपमा लेखिनु पर्ने समेत बताए ।

कार्यक्रममा बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझी, अतिथिहरु प्रेस मञ्च नेपाल १ नम्वर प्रदेशका संयोजक चन्दन रौनीयार, सशस्त्र प्रहरी बल दुहवीका ईन्चार्ज लोक बहादुर बस्नेत, श्सरस्वती मावि दुहवीका प्रधानाध्यापक नगेन्द्रलाल देव, सुनसरी सामुदायिक अस्पताल प्रालिका संचालक सन्तोष कुमार सिंह, कोचिला एफ एमका स्टेशन मेनेजर संजय चौधरी लगाएतले शुभकामना मन्तव्य दिएका थिए । दुई दिने पत्रकारिता तालिमका प्रमुख प्रशिक्षक सञ्चारकर्मी जयकृष्ण यादव रहेका छन् । तालिममा नगरपालिकाका विभिन्न वार्डका ३५ जना युवा,युवतीहरुको सहभागिता रहेको छ ।