तेह्रथुम: डिभिजन वन कार्यालय तेह्रथुमले कार्यालय परिसरमा रहेका ५७ वटा रुख आफैले कटान सुरु गरेको छ ।
कार्यालय परिसरभित्र हुर्कीएका रुख एकै पटक कार्यालयले मन्त्रीपरीषद्को स्वीकृति लिएर काट्न सुरु गरेको हो । हावाहुन्डरीका कारण रुख ढल्ने र केही वुढा भएर ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका कारण कार्यालय कम्पाउण्ड परिसरभित्र हुर्कीएका सवै रुख काटिएको निमित्त वन अधिकृत श्रीनारायण साहले बताए ।
हावाहुन्डरी आउने रुख र हाँगा भाँचिएर कार्यालय परिसरमा रहेका कार्यालय भवन भत्काउने र कार्यालयमा आउने सेवाग्राही र कर्मचारी समेतलाई लाग्ने जोखिम भएकाले हुर्कीएका र खतरामा रहेका सवै रुख काटिएको हो । ०७४ बैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले डिभिजन वन कार्यालयले माग गरेका रुखको सङ्ख्या एकीन गरी काट्नस्वीकृति दिएको थियो ।
कार्यालय परिसरमा हुर्कीएका सल्ला, मसला, चिलाउने, सिरीस लगायत जातका ९ सय ६८ क्युविक फिट काठ कटान गरी लैजान ठेकेदारलाई स्वीकृति दिएको निमित्त वन अधिकृत साहले बताए ।