तेह्रथुम : जिल्ला प्रशासन कार्यालयले लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरमा नागरिकता घुम्ती शिविर सन्चालन हुने भएको छ । कार्यालयले माघ ११ र १२ गते शिविर सन्चालन हुने भएको हो ।

नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै नगरपालिकाको कार्यालयबाट माघ ११ र १२ गते नागरिकता वितरण शिविर सन्चालन हुने नगर प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । संघीयता लागु भएपछि गाउँ गाउँमा जिल्लाका अधिकांश सरकारी कार्यालयको सेवा सुविधा पुगेपनि नागरिकताका लागि भने सर्वसाधारणले अझैपनि सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको छ ।
प्रशासनले नागरिकको मागलाई ध्यानमा राख्दै फरक फरक स्थानीय तहमा घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्दै आएको छ ।