इनरुवा : सुनसरीको दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उदघोषण तालीम शनिवार समपन्न भएको छ । दुहवी नगरपालिका वार्ड नं ५ स्थित श्री सरस्वती माविमा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी नगरपालिका वडा नम्वर ६ को सहयोगमा दुई दिने पत्रकारिता तथा उदघोषण तालीम समपन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल साहले सहभागि प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र वितरण गर्नुहुँदै पत्रकारहरुले समाचार लेखिदिंदा सत्य तथ्य वाहिर आउँने भएकोले सरोकारवालाहरुले सुधार गर्ने मौका पाउँने वताउँनु हुँदै पत्रकारहरुले कुनै विषयको समचार लेख्दा कोही व्यक्तिलाई नहेरी निष्पक्ष रुपमा लेख्नु पर्ने समेत बताउनु भएँको थियो । साथै वहाँले यस प्रकारको पत्रकारीता तथा उदघोषण तालिम प्रत्येक वडामा गर्नको लागि आगामि दिनहरुमा नगरबाट बजेट बिनियोजन गराउँने प्रतिबद्धता जनाउँनु भयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले प्रमाण पत्र वितरण गर्नुहुँदै यस्ता खालका तालिमले युवा यूवतीहरुको क्षमता अभिवृदि गर्ने भएकोले अझै अगाडि बढ्न हौसला प्रदान गर्ने बताउनु भयो । कार्यक्रमका बिशेस अतिथि सुनसरी सामुदायिक अस्पताल प्रालीका संचालक सन्तोष कुमार सिंहले शुभकामना मन्तव्य दिनु हुँदै पत्रकारले पित पत्रकारिता गर्न नहुनेमा जोड दिनुभएको थियो ।

बिशेस अतिथिहरु पत्रकार प्रेम गिरी, पत्रकार चन्दन रौनीयारले पत्रकारीता तथा उदघोषण तालीमलाइ सहजीकरण गर्नुभएको थियो । उक्त दुई दिने पत्रकारिता तालीमका प्रमुख प्रशिक्षक पत्रकार जयकृष्ण यादवले पत्रकारीता र उदघोषण सम्बन्धी विभिन्न विषयमा जानकारी गराउँनु हुँदै समाचार कसरी लेख्ने,समचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु साथै समाचारमा प्रयोग गर्न सक्ने भाषाहरुको बारेमा युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

दुहवी नगरपालिकाका भरिका विभिन्न वार्डका ३५ जना युवा, यूवतीहरुको सहभागिता रहेको थियो । सञ्चारकर्मी आशिष यादवको अध्यक्षतामा भएको कार्यक्रमलाइ सञ्चारकर्मी अकवर अलीले तालीमलाइ सहजीकरण तथा उदघोषण गरेका थिए ।