पथरी : मोरङ्ग पथरी शनिश्चरे २ का रुद्रमणी न्यौपानेले पटक पटक गरेर करिव १ दशक वैदेशिक रोजगारीमा विताए । कतार, युएइ, मलेसिया लगायत देशमा उनले पसिना वगाए । पछिल्लो समय आएर मलेसियामा देखेको खेती प्रणालीलाइ स्वदेशमै प्रयोगमा ल्याउन लगानी गरेका छन् । मलेसियाको केलाङ्ग जयामा देखेको मेवा खेतीलाई नेपालमा पनि गर्न सकिने भन्दै करिव डेढ विघा जग्गामा उनले मेवा र कागती खेती सुरु गरेका छन् । लिजमा जग्गा लिएर सुरु गरेको उनको मेवा उत्पादन हुने वेला भएको छ भने थप करिव ३ विगाह १० कठ्ठा जग्गा लिजमा लिएर मेवा खेतीलाईं विस्तार गर्न लागेका छन् ।

पथरीशनिश्चरे २ मा उनी र सुरेन्द्र दाहालले लगानी गरेर मेवा र कागती खेती सुरु गरेका हुन । विदेशमा वसेर पसिना वगाउनु भन्दा आफ्नौ देशमा कृषिमा लगानी गर्न सके आफु र आफ्ना सन्तती लाई पनि हुने उनी वताउछन् । जग्गाको लिज वाहेक मात्रै ६ लाख माथीको लगानी गरिसकेका उनीहरुले अनार खेती पनि गर्ने तयारी थालेका छन् । वार्षिक ६० हजार रुपयाँ तिर्ने गरि जग्गा भाडामा लिएका उनीहरुले मेवाको विऊ ताइवानवाट ल्याएर पथरीमै वेर्ना उत्पादन गरेका हुन ।
कागतीका विरुवा भने उनीहरुले तरहरावाट ल्याएका हुन । कागतीको माग वजारमा बढेकै कारण वेच्न गाह्रो नहुने न्यौपाने वताउछन् । वजारमा पुर्याउन मात्र समस्या हो बजारमा कागती र मेवाको माग वढ्दो छ । स्वादिलो र स्वास्थ्यबर्धक भएकाले मेवाको माग अहिलेबाटै बढेको उनी वताउछन् । ‘मेवा कोपीला लाग्दै छ अझै ३,४ महिना पछि मात्रै उत्पादन हुन्छ तर मेवाको लागी माग बढेको छ’न्यौपानेले भने । ‘पथरीबजार वाहेक मेवाको बजार दमक,इटहरी र विराटनगर सम्म रहेको छ’ उनले भने ‘यदि ठुलो मात्रमा मेवा उत्पादन गर्न सकिए जुस उत्पादक कम्पनी खेती सम्मै आउछन् ’।
कागतीकालागी पनि बजारको चिन्ता नभएको उनी बताउछन् । ‘कागतीको बजार झन ठुलो छ अचारका लागी कागती पुर्वी नेपालमात्र नभएर काठमाडौ सम्म पुर्याउन सकिन्छ ,नेपालमा अझै ८० प्रतिशत बजार खाली भएको कागतीको वजारका लागी समस्या छैन ’ उनले भने ।
वर्षमा २ पटक उत्पादन गर्न सकिने मेवाका लागी स्थानिय वजारमा नै खपत गर्न सके मेवा खेतीको आर्कषण वडाउन सकिने न्यौपाने वताउछन् । ‘अरुको देशमा रोजगारीका लागी जानु भन्दा नेपालमै खेती गर्न सके राम्रो हुदो रहेछ’ उनले भने । २ वर्ष आयु् हुने मेवा वाट लगानी भन्दा राम्रो उत्पादन हुने र फाइदा पनि राम्रो हुने उनी वताउछन् । ‘उनीहरुले गरेका दुवै खेती आर्गेनीक छन् । पछिल्लो समय विषादीको ठुलो मात्र खेतीमा प्रयोग हुदा मानव स्वास्थ्यमा असर परेकोले पनि आर्गेनीक खेती सुरु गरिएको उनले वताए । मेवा र कागती दुवैमा आर्गेनिक तवरमा मल प्रयोग गरेका छन् । रासायनिक मलको विकल्पमा पथरीशनिश्चरेमै आर्गेनिक मल उत्पादन हुन थालेपछि मलका लागी टाडा जानु नपरेको उनको भनाइ छ ।
कृषिमा निरन्तरता दिन सहज भएपनि मजदुरको अभावमा समस्या भएको उनको भनाइ छ । ‘खेताला नै भेटिदैनन’ उनले भने‘खेतीको लागी मजदुर भेटीन गाह्रो भैसक्यो’ ।

dormani-pathari.2jpg

युवा पुस्ताको वढ्दो वैदेशिक यात्राले पनि समस्या भएको उनको तर्क छ । अर्काको खेत लिजमा लिएर पनि फाइदा लिन सकिन्छ भने खेत बाझो पारेर किन विदेशिने “न्यौपाने भन्छन् ‘विदेशमा अपमान सहेर काम गर्नु भन्दा नेपालमै काम गर्न सके राम्रो हुन्छ’ । विदेशमा पनि नेपाली युवा कृषीमा रोजगार गरिरहेका छन उनीहरुले त्यहा सिकेको सिप देशमै प्रयोग गरे झन राम्रो हुने न्यौपाने वताउछन् । मैले पनि मलेसियामा रहँदा कृषिमा भएको प्रयोग देशमा गर्न लागेको हुँ । मेवा खेतीवाट राम्रै आम्दानी हुने अपेक्षा राखेको छु । कागती खेतीलाइ पनि थप विस्तार गर्न सके नेपाली युवा विदेशीनु पर्ने छैन भने कागतीका लागी भारतको भर पर्नु पर्ने रहदैन ।
कृषि प्राविधीकको सहयोग नहुदा पनि आफुले खेती गरिरहेको भए पनि कृषि प्राविधीक को सहयोग भए अझ कृषिवाट फाइदा लिन सकिने उनको भनाइ छ । कृषिवाट पनि फाइदा गर्न सकिन्छ भन्ने नयाँ पुस्तालाइ राम्रो उदाहरण वनेका न्यौपाने जस्ता कर्मशिल युवालाइ सम्बन्धीत क्षेत्रबाट थप प्रोत्सहन गर्नु पर्ने देखिन्छ ।