ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकले पहिलो पृष्ठमा “झडपमा वडाध्यक्ष संलग्न” शीर्षकको समाचार छापेको छ । धनकुटाको साँघुरीगडी गाउँपालिका–नाम्जेमा लागेको महोत्सवमा दोहोरो झडप भएको छ । झडपमा संलग्न दुवै पक्षले एकअर्कालाई कारबाही माग्दैँ जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका छन् । भेडेटारको नाम्जेमा पहिलो पटक आयोजना भएको माघे सङ्क्रान्ति महोत्सव समापनको साँझ माघ २ गते राति मादकपदार्थ सेवन गरी झडप हुँदा ३ जना गम्भीर घाइते बनेका छन् । झडपमा साँगुरीगडी गाउँपालिका ६ नम्बर वडाध्यक्ष दिपक मगर पनि धाईते बनेका छन् । घाइते वडाध्यक्ष मगरले धरानका ४–५ जना युवाहरुले २ गते साँझ मादकपदार्थ सेवन गरी झगडा गरेपछि सम्झाउने क्रममा उल्टै आफुमाथि आक्रमण गरेपछि दोहोरो झडप भएको उनले बताए । उनका अनुसार महोत्सवस्थलमा पनि झगडा गरेको र सम्झाएर पठाए पनि फेरि नाम्जेको एक होटलमा पुनः झगडा गर्न थालेपछि होटल मालिकले वडाध्यक्षको नाताले बोलाएपछि सम्झाउन जाँदा उल्टै आफुमाथि आइलागेको मगरले बताए । यसैगरी “सेवाग्राहीसँग घुस लिने वडासचिव पक्राउ” शीर्षकको समाचार पनि ब्लाष्ट टाइम्स दैनिकले छापेको छ । नागरिक्ताको सिफारिस बनाउँदा सेवाग्राहीसँग रकम मागेको आरोपमा मेचनिगर नगरपालिका–२ का वडासचिव सुरेश घिमिरे पक्राउ परेका छन् । वडाबासी । पूर्णबहादुर तामाङकी श्राीमती सञ्जलीको नागरिकता बनाउने क्रममा कागजी प्रक्रियाका लागि भन्दै शुक्रबार कार्यालयमा बोलाई सिफारिसका लागि ९ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । विहीबार नागरिकता बनाउन पुगेका उनको फाइल वडाध्यक्षबाट काम सम्पन्न गरेर वडासचिवमा पुग्यो । तामाङको गाउँको सर्जमिन, प्रहरी र आमाको अभिलेख लिनका लागि रामेछाप जिल्ला पुग्नुपर्ने देखिएपछि घिमिरेले पूर्णबहादुरसंग १० हजार रुपैयाँ मागेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकले पहिलो पृष्ठमा “उदयपुरका स्थानीय तहहरु ‘हाइटेक’” शीर्षकको समाचार छापेको छ । उदयपुरका स्थानीय तहहरु सूचना प्रविधियुक्त – हाईटेक) बन्दै गएका छन् । जिल्लाका सबै नगर तथा गाउँपालिकाको गतिविधि, जनप्रतिनिधि र कर्मचारीको विवरण, बजेट सिलिङ, खर्च र आम्दानीदेखि जनसंख्या र घरधुरी संख्यालगायत वस्तुगत विवरणको सूचना जनतालाई सहजै उपलब्ध गराउने उद्देश्यले स्थानीय तहहरु सूचना प्रविधिको प्रयोग गर्न हौसिएका छन् । सदरमुकामको त्रियुगा नगरपालिकादेखि विकट र जिल्लाकै कर्णाल्ी मानिएका लिमचुङबुङ र ताप्ली गाउँपालिकासम्म सूचना प्रििवधिको उपयोग गर्न पुगेका छन् । स्थानीय तहको नाम र विवरण झल्काउने विधुतीय जानकारी पार्टि डिजिटल डिस्प्ले बोर्ड देखि विधुतीय हाजिरीखाता (इ–एटेन्स मेसिन) सम्मका उपकरण नगर र गाउँपालिकाले प्रयोगमा ल्याएका छन् । यस्ता सूचना प्रविधिको प्रयोग जिल्लाका ४ नगर र ४ गाउँपालिकाले सत्तचालनमा ल्याइसकेको जनाएका छन् । त्रियुगा नगरपालिकाले कार्यालयमा मात्र नभएर नगरको सिमानास्थल लालपत्तास्थित प्रवेशद्धारमा स्वागतसहितको डिजिटल डिस्प्लेसमेत शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । साता दिनअघि नै त्रियुगाले मोबाइल एप्लिकेशन पनि सत्तचालनमा ल्याइसकेको छ भने विधुतीय हाजिरीखाता त्यसअघि नै प्रयोगमा ल्याइसकको थियो । इन्टरनेट वाइफाई र अनलाइन प्रविधि सेवाको प्रयोग पनि त्रियुगाले यस अघि नै सञ्चालनमा ल्याइसकेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकले “निर्माणको काम धमाधम” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । स्थानीयको साथ पाएपछि बहुचर्चित अरुण तेश्रो जलविधुत आयोजना निर्माण कार्यले गति लिएको छ । पहिलो चरणमा युद्धस्तरमा सक्रिय भएको छ । निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलज विधुत निगम लिमिटेड एसजेभिएन ले काम सम्पन्न भएको जनाएको छ । कम्पनीलाई नौ सय मेगावाटको अरुण तेश्रो परियोजना सन् २०२२ मा सक्नेगरी सायसीमा ताकिएको छ । कम्पनीका कार्याकारी निर्देशक सतिशकुमार शर्मा निर्धारित समयसीमाभित्र काम सक्न बाँध र पावर हाउस निर्माणको काम एकैसाथ सुरु गरिएको बताउँछन् । संखुवासभाको मकालु गाउँपालिकाको वडा नम्बर ५ को दोभानमा बाध निर्माणको काम भारतकै जयप्रकाश एसोसिएट्सले गरिरहेको छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकले “कोशीपारी पर्यटकीय शहरको योजना” शीर्षकको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । सप्तकोशी नदी आफैमा धार्मीक महत्व र पर्यटकीय आकर्षणको प्राकृतिक श्रोत पनि हो । नदिका वारी पारीका दुइ किनाराका नगरपालिका सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगर धार्मीक तथा पर्यटकीयस्थलहरुको हिसाबले समृद्ध मानिन्छ । सप्तकोशी नदीमा बनेको पुलले दुवै नगरपालिकालाई नजिक ल्याएको छ । पर्यटनको विकासका लागि योजनाबद्ध रुपमा अद्धि बढे दुवै नगरको आर्थिक विकासले कोशी करिडोरमा नयाँ युगको सुरुवात गर्न सक्दछ । यस दिशामा कुन नगरपालिका अगाडि हुन्छ भन्ने उनिहरुका योजना र नीतिले भविष्य निर्धारण गर्नेछ । यसबारेमा उदयपुरको बेलका नगरपालिका पर्यटकीय शहरको रुपमा विकास गर्न सकिने संभावित शहर भएको पहिचान उसले गरेको छ ।