पथरी: मोरङको बेलबारीस्थित वेतना सामुदायिक वनमा रहेको वेतना सिमसार कछुवा उत्पादनका लागि दक्षिण एसियाकै उत्कृष्ट स्थान भएको पाइएको छ ।

पछिल्लो समय वेतनामा कछुवा प्रजनन तथा अध्यन केन्द्र बनाउनका लागि समेत पहल थालिएको वेतना सामुदायिक वन समूहका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए । वेतना सिमसारको बाहिरी गेटमाथी नै कछुवाको सुन्दर तस्वीर छ । वेतनामा आउने पर्यटकले विशेष गरी कछुवा र माछालाई अवलोकन गर्न बढी रुचाउने गरेका छन् । वेतना सिमसार क्षेत्रमा हाल ४ जातका कछुवा पाइने गरेको छ । कछुवाका लागि तातो चिसो दुवै वातावरण मिलेको, केही मात्रामा दलदल भएको स्थान उपयुक्त हुने भएकाले पनि यो सिमसार प्राकृतिक रुपमा नै कछुवाका लागि उपयुक्त मानिएको छ ।

imager

बेतना सिमसार पूर्वमै सुन्दर पर्यटकिय क्षेत्रका रुपमा चर्चित रहेको छ । सिमसार क्षेत्रमा पाइने कछुवालाई संरक्षण गर्दै आएको सामुदायिक बनले कछुवा को प्रजनन केन्द्रका रुपमा बिकास गरेर कछुवाका बारेमा अध्यन गर्ने व्यक्ति र संस्थालार्इ सहज बनाउन अबधारणा ल्याइएको सामुदायिक वनका अध्यक्ष बस्नेतले बताए । यहाँ बिभिन्न जातका कछुवा छ्न यिनिहरुको तथ्यांक समेत संकलनका लागि पहल थालेका छौँ, बस्नेतले भने ।

kaxuwa

नेपालबाट लोप हुन लागेका कछुवाका प्रजाती पनि यो सिमसार क्षेत्रमा संरक्षित छन्, यहाँ भएका कछुवाको अध्यन गर्न समेत आबश्यक भएकाले अध्यायन केन्द्रको आबस्यकता भएको हो । बस्नेतका अनुसार यहाँबाट अध्यनका लागि अथवा अन्यन्त्र पनि कछुवाको प्रजाती हुर्काउनका लागि लाने गरिएको छ । वेतनामा भएका कछुवा अत्यन्तै बलिया, जालमा समेत समाउन मुस्किल पर्ने खालका छन् । आगामी दिनमा कछुवाको प्रजन्न केन्द्रको रुपमा स्थापना हुन सकेको खण्डमा अझै यस क्षेत्रको विकासमा पनि टेवा पुग्ने छ ।