पुर्वको खोटाङ जिल्ला भर्खरै मात्र सडक संजाल मध्यपहाडी लोकमार्गले छोएको जिल्ला हो । सदरमुकाम खोटाङबाट करिव १४ कोष उत्तरीभेगमा अवस्थित केपिलासगढी गाउँपालिका सुङदेल ७ सूर्य माध्यमिक विद्यालयमा प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले भुकम्प प्रतिरोधात्मक चार कोठे भवनको सिलान्याससंगै सो विद्यालयमा फ्रि वाई फाई इन्टरनेट सेवाको पनि औपचारिक रुपमा उद्घाटन गर्नु भएको छ।

यसरी इन्टरनेट सेवा सुचारु भएसंगै सुङ्देल आधुनिक प्रविधिको युगमा प्रवेश गरेको छ । इन्टरनेटको सुविधासंगै सामाजिक संजाल प्रयोगकर्ता बढ्ने संकेत देखिएको छ। सुचना प्रविधिको क्षेत्रमा अतिरिक्त छोटी हुलाकले जोडेको सुङदेल फ्रि वाईफाई इन्टरनेट सुविधासँगै दुनियाँलाई एउटा सानो परीधि भित्र जोडीएको हो।

गत बर्ष खुल्ला दिशा मुक्त क्षेत्र धोषणा भएको सुङदेल आफ्नो महत्वपुर्ण संस्कार पित्री प्रति सचेत स्थानीय सुङदेलबासी सफा सुधर सुधारीएको ‘भान्साधर’ चुलाको प्रयोगमा समेत ल्याएका छन् । आधुनिक खेती प्रणाली अन्तर्गत अलैची खेतीको समेत परिक्षण गरि रहेको सुङदेल विभिन्न आयोजना लिएर विकासको खुट्किलो चढ्दै गरेको उर्बर भूमी हो। कार्यक्रममा माननीय सांसद विशाल भट्टराई, प्रदेश सभा सदस्य राजन राई, केपीलासगढी गाउपालिका प्रमुख कृष्ण कुमार राई, उपप्रमुख कर्ण घले उपस्थिति औपचारिक कार्यक्रम विच सुङदेल ७ वडा अध्यक्ष तेज कुमार राईले सुङदेलको समग्र विकास सहितको प्रतिवेदन कार्यपत्र प्रस्तुत समेत गर्नु भएको थियो।

IMG_8816

सुङदेललाई वि.स. २०५९ सालमा प्राकृतिक प्रकोपले गाउँ उजाड बनाउने गरी क्षतविक्षत पारेको थियो । यहा ठुलो धनजनको क्षति ब्यहोर्नु परेको कारण श्री सूर्य माध्यमिक विधालय तात्कालिन नागायोबाट सुङदेलटारमा स्थानान्तरण गरिएको थियो । विद्यालयको अहिले खुल्ला जग्गा नहुदा खेलमैदान समेत खुम्चिदै गएको छ। नयाँ संरचना निर्माण गर्दा विवेकपुर्ण तरीकाले भविष्यमा विद्यालयको लागि प्रयाप्त खुल्ला जग्गा नहुदा अन्यत्र सुरक्षित खुल्ला, शान्त उपयुक्त स्थानको खोजी गरेर विद्यालय स्थानान्तरित गर्नुपर्ने थप चुनौती समेत रहेको छ । यसरी भावी पुस्ताको सुरक्षित भविष्य र दीर्गकालीन विकासको खाका तयार गर्दा स्थायित्व रहन्छ।

सुङदेल साल्पा सडक खण्डको सिलान्याससँगै सुङदेलबासी थप विकासको अनुभूति भएको साथै गाउँबासीहरुमा समेत खुशी छाएको स्थानीय जुझारु युवा ओखरटोलका टिका राम राईले बताउनु भयो । मध्यपहाडी सडक संजालले गाउँगाउँ प्रत्यक्ष जोडिए पछि कल्पना भन्दा बाहिर रहेको विकासको गति प्रवाह हुदै गरेको अनुभूति हुदै गएको छ।

मध्यपहाडी सडक खण्डेले सुङदेलसँग जोडिएसँगै विकास निर्माणको संरचना रेखाङकित गर्दा जनप्रतिनिधि, बुद्धिजीवी र समग्र अगुवा युवा पुस्ताको महत्वपुर्ण भुमिका र इच्छा शक्तिमा प्रधान रहन्छ । नया संरचनाको खाका तयार गर्दा सामाजिक पुरातात्विक र सांस्कृतिक महत्वका पुराना संरचनाको संरक्षण सम्बर्दन र ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु पर्दछ । विकासको नाममा सांस्कृतिक धरोहर सुरक्षित रुपमा संरक्षण गरिनु पर्दछ । गाउँगाउँको विकाससंगै पाटी पौवा, ढुङगेधारा र चौतारीका बरपीपल जस्तो महत्वपुर्ण धरोहरहरुको सम्बर्दनले ठुलो अर्थ राखि रहेको हुन्छ।

फोटो : शिक्षक भूपिन्द्र कोयी