इलाम : इलामको सन्दकपुरमा बिहीबार एक अधबैंसे पुरुषको शव फेला परेको छ ।
इलाम नगरपालिका वडा नम्बर ३ घर भएका बेलबहादुर गुरुङको शव फेला परेको जनाएको छ ।
मृतक गुरुङ मंगलबार घरबाट आलुको बीउ लिन भनेर सन्दकपुर गाउँपालिका गएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी बिहीबारसम्म घर फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा सन्दकपुर गाउँपालिका–१ को अप्ठ्यारोखोप भन्ने भीरबाट करिब ६० मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
५४ वर्षीय मृतक गुरुङको शवलाई इलाका प्रहरी कार्यलय मंगलबारेबाट खटिएको प्रहरीको टोलीले आवश्यक प्रक्रिया पूरा गरेर बिहीबार पोष्टमार्टमका लागि इलाम अस्पताल पठाएको बताइएको छ