भद्रपुर : पुर्व प्रहरी संगठन झापाले भरखरै मात्र बढुवा भएर प्रहरी प्रधान कार्यलय काठमाण्डौ जान लागेका जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख भीमप्रसाद ढकाललाई कार्यकाल सफलताको कामना सहित विदाई गरेको छ ।

संगठनको कार्यलय चन्द्रगढीमा सम्पन्न कार्यक्रमममा संगठन अध्यक्ष खेमराज कार्की, सचिव अग्नी खड्का लगाएतका पदाद्धिकारीहरुले मायाँको चिनो सहित फुल माला र अबिर लगाएर ढकाललाई विदाई गरेका हुन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी र भद्रपुरको समेत सकृयतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष खड्ग बहादुर खड्का, सामाजिक व्यक्तित्वहरु राजेन्द्र घिमिर, अमर बहादुर कार्की लगाएतले बोल्दै ढकालको कार्यकाल सफलताको कामना गरेका थिए ।
खेमराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संगठन सचिव अग्नि खड्का र स्वागत देवी प्रसाद संग्रौलालो गरेका थिए ।