हरिनगर : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ साबिकको रामनगर भुटाहा गाविसमा रहेको जामिअतुल इस्लाह अल इस्लामीया मदर्सामा वाषिर्कोत्सवहुने भएको छ ।

नेपालका सबै भन्दा ठूलो मदर्साको रूपमा रहेको जामिअतुल इस्लाह अल इस्लामीया मदर्साले आफ्नो वाषिर्कोत्सव विभिन्न कार्यक्रमको साथमा मनाउन गइरहेको छ।

जामिअतुल इस्लाह अल इस्लामीयामा वाषिर्कोत्सवको अवसरमा तीन दिने शैक्षिक तथा साँस्कृतिक प्रतियोगिता हुने भएको छ । शैक्षिक तथा साँस्कृतिक प्रतियोगिता फागुन ११ देखि १४ गते सम्म हुने भएको जामिअतुल इस्लाह अल इस्लामियाका प्रधानध्यापक मोलाना जमिल फलाहीले जनाएको छ ।
सो प्रतियोगितामा मदर्साका विद्यार्थीहरुले आफु भित्र रहेको पर्तिभाहरु देखाउने भएको छ । सो प्रतियोगिता मा ८०० जना छात्रछात्राहरुले सहभागीता लिएको छ ।

मदर्साले आफ्नो वाषिर्कोत्सव मनाउने कर्मा विद्यार्थीहरु वकतृतव प्रतियोगिता मा नेपाली, उर्दु, अरबी, अङ्ग्रेजी गरि यी चार भाषामा (तकरिर ) भाषणगर्ने र कविता (गाण) प्रतियोगिता , कुरान वाचन प्रतियोगिता, लेख रचना प्रतियोगिता, हाजरी जवाफ प्रतियोगिता हुने भएको छ ।

साँस्कृतिक प्रतियोगिता अन्तरगत नाटक (ड्रामा) शिक्षाको विषयमा हुने भएको मदर्साका सह प्रधानध्यापक मोलाना अतहर अलि फलाहीले बताए । अलि फलाहीका अनुसार बुधबार को दिन बिहान ९ बजे देखि २ बजे सम्म महिलाहरु को आमसभा पनि हुने र बिहिवारको दिन बिहान ९ बजे देखि राती १० बजे सम्म पुरुषहरूको लागि जनसमुदाय भेला हुने भएको छ ।

सो जनसमुदाय भेलामा नेपाल भारतका मुस्लिम धर्मगुरुहरु आउने छ । सो भेलामा इस्लामी संघ नेपालका अध्यक्ष मोलाना खुर्शिद आलम, जामिअतुल इस्लाह अल इस्लामियाका पुर्व अध्यक्ष मोलाना हजरत सल्फी, जामिअतुल फलहा (आजम गढ युपि) भारतका हाल सचिव मोलाना रहमतुल्लाह असरी, जामिअतुल फलहाका पुर्व सचिव मोलाना ताहिर मदनी लगायत मुस्लिम समुदायका धर्म गुरुहरु सो कार्यक्रममा धर्मगुरुहरुले शिक्षा, मुस्लिम समुदायको उत्थान, सामाजिक रुढीबादी, दाइजो प्रथा आदि विषयमा बोल्ने मदर्साका सह प्रधानध्यापक अलि फलाहीले बताए । सो भेलामा सुनसरी जिल्लाका प्रशासन प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको आगमन हुने मदर्साले जनाए ।