मोरङ : ईलाका प्रहरी कार्यालय बेलवारी मोरङले एक ब्यक्तिको हत्या गरी फरार भएका प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ ।
२०६५ साल चैत्र ३१ गते मोरङको भाउन्ने चोक नजिककैको खाली चौरमा झापाको साबिकको अर्जुनधारा गाबिस २ हालको शनि अर्जुन नगरपालिका ४ का २७ बर्षीय दिपक पाण्डे मृत अबस्थामा फेला परेका थिए । घाँटीमा धारिलो हतियारले काटी मृत अबस्थामा रहेका पाँण्डेको हत्यामा संग्लग्नको पहिचान गरी खोजतलास गर्ने क्रममा झापाकै शनि अर्जुन नगरपालिका २ का ४३ बर्षीय शरण भट्टराईको संग्लग्नता देखिएपछी उनलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका भट्टराईले आर्थीक प्रलोभनका कारण उक्त घटना घटाएको र घटना पश्चात भारतका बिभिन्न स्थानहरुमा लुकीछिपी बस्दै आएका ऊनलाई निरन्तरको प्रयास पछी झापाको काकडभिट्टाबाट पक्राउ गरिएको हो । सवारी चालक रहेका मृतक पाँण्डे र प्रतिवादी भट्टराई सामान्य चिनजानका साथी रहेकोले पाँण्डेको कारमा बिर्तामोडबाट ईटहरी तर्फ हिडेका भट्टराईले मोरङको पथरी बजार आएपछी कोकाकोलामा क्भिभउष्लन एष्ििक मिसाई खान दिएको र उक्त औषधी खाएपछी चालक पाण्डे सवारी चलाउने नसक्ने अबस्थामा पुगेपछी भट्टराईले आफै कार चलाई घटनास्थल सम्म पुराई पाँण्डेलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेको जनाएको छ । उक्त कार समेत लिई प्रतिवादी भट्टराईले पोखराको एक ग्यारेजमा ६५ हजारमा धितो राखी भारत तर्फ गएको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको थियो ।
पक्राउ प्रतिवादीलाई सोधपुछ गर्ने क्रममा उक्त घटना भट्टराईले नै घटाएको भन्ने पुष्टी भएपछी जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्धामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले बताए ।