इटहरी : सडकमा जीवन विताउने सडक बालकहरुलाई सामाजिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले इटहरीमा अभियान सुरु गरेकोे छ ।
इटहरी क्षेत्रमा रहेका सडक बालकहरुलाई विद्यालय भर्ना देखि लिएर समाजमा सहज रुपमा जीवन निवार्ह गर्न सक्ने बनाउने लक्ष्यसहित लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी तथा लियो क्लव स्मार्ट सिटीले इटहरीको रेयुकाइ चौतारीमा एक कार्यक्रम गरी अभियानको सुरु गरेका हुन् । सडक बालवालिकाहरुलाई सामाजिक रुपान्तरण गर्ने लक्ष्य सहित सडक बालवालिकाहरुसंग सम्पर्कमा रहन थालेको लायन्स तथा लियो स्माट सिटीले पहिलो चरणमा सडक बालकहरुलाई ट्राफिक नियमका विषयमा जानकारी दिन उद्देश्यले सडक बालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका हो । १२ जना सडक बालवालिकाहरु सम्पर्कमा रहेका भएपनि ८ जना विद्यालय जान इच्छुकहरुलाई नयाँ शैक्षिक सत्र देखि विद्यालय भर्ना गर्ने लक्ष्य राखिएको जानकारी दिइयो ।
लियो क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष भुमिराज भेटवालको अध्यक्षता तथा एरिया कोडिनेटर टंककुमारी गुरुगंको प्रमुख आथित्यता रहेको थियो । पहिलो चरणमा सडक बालवालिकाहरुलाई ट्राफिक नियमको विषयमा जानकारी गराईएको भएपनि आगामी दिनमा विद्यालय भर्ना गर्ने तथा उनीहरुलाई समाजमा सहज रुपमा जीवन जिउन सकिने वनाउने लक्ष्य सहित अभियान थालिएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका सचिब राजन भेटवालले जानकारी दिए । कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष राजेन्द्र केशरी घिमीरे लगायतले बोलेका थिए ।