धरान : गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते भएकी ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।
सुनसरी ईटहरी उपमहानगरपालिका १६ बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेवको खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी बालिकाको झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारको लागि शनिवार धरान पठाईएकोमा उपचारको क्रममा वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।