सुनसरी: इटहरीमा २ हजार क्षमताको आधुनिक सभाहल र सूचना केन्द्रसहितको निर्माणाधिन भवन पूरा गर्ने अभियान अघि बढाइएको छ ।

इटहरीकै ठूलो सभाहल रहने बहुउद्देश्यीय श्री पञ्चमहालक्ष्मी सामुदायिक भवनको निर्माण कार्य पूरा गर्न फागुन १३ गतेदेखि श्रीमदभागवत सप्ताह महायज्ञ सुरु गर्न लागिएको समाज कल्याण सत्संग समिति इटहरीकी अध्यक्ष अप्सरा भट्टराईले जानकारी दिइन् । पुराणको सोमबार जगतगुरु कृष्णदास जी महाराजले उद्घाटन गर्ने कार्यक्रम छ ।

अहिले तीन तला निर्माण भइरहेको छ तले भवनका लागि नौ करोड लागत अनुमान गरिएको बिहान पत्रकार सम्मेलनमा जानकारी गराइयो । अहिलेसम्म ३ करोड ५० लाख खर्च भइसकेको र पूराणवाट दुई करोड बढीको अपेक्षा गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष इश्वर भट्टराईले जानकारी दिए । सो भवनमा २ हजार भन्दा वढि अटन सक्ने ब्यवस्थित सभाहल, वैठक हल, अत्याधुनिक कोठाहरुसहितको अतिथि विश्राम गृह,सूचना केन्द्र लगायत रहने वताइएको छ ।

52739745_2152846604773922_2

सूचना केन्द्रमा पूर्वका पर्यटकीय र धार्मिक स्थलहरुको मौसम लगायतका जानकारीहरु प्रदान गर्न अत्याधुनिक मेसिन राखिने उपाध्यक्ष तीर्थ पराजुलीले जानकारी दिए । यसैगरि देशविदेशवाट पूर्व क्षेत्रको धार्मिक भ्रमणका लागि आएका ब्यक्तिहरुलाई लक्षित गरि अत्याधुनिक सुविधा सम्पन्न कोठाहरु सहितको वासको ब्यवस्था गरिने वताइएको छ ।