सुनसरी : सुनसरीको ईटहरीबाट प्रहरीले लागूऔषध सहित आइतबार २ जनालाई पक्राउ गरेको छ ।

दिउँसो २ बजे ईटहरी उपमहानगरपालिका ४ श्री कृष्ण पेट्रोल पम्पमा स ७ प २७०० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार बर्जु गाउँपालिका ३ बस्ने १९ वर्षीय बिक्रम कुमार रायलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक ५० एम्पुल, एभिल ५० एम्पुल र डाईजेल्याव ५० एम्पुल बरामद गरेको हो ।

मोटरसाईकल र चालक तत्काल फरार भएका थिए । फरार मोटरसाईकल र चालकलाई खोजतलास गर्ने क्रममा साँझ ६ बजे सोही गाउँपालिका बस्ने ३२ वर्षीय हेमन्त रायलाई ईटहरी चौकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।