संखुवासभा : खाँदवारी नगरपालिका ३ मा आतबार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने ३८ वर्षीय ध्रुब बि.क. ले आँफ्नै श्रीमती ३२ वर्षीय अन्जना बि.क. लाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए ।
हतियार प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बि.क.लाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको छ । घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई हतियार प्रहार गर्ने ध्रुव बि.क. लाई नियन्त्रणमा लिई खुकुरी र चक्कु समेत बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।