पथरी:मोरङको पथरीशनिश्चरे ५ का ७५ वर्ष माथिका ३० जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।

वडा कार्यालय अन्तर्गतको सो कार्यक्रममा मुन्द्री चौधरी, कृष्णमाया वस्नेतसहितका ज्येष्ठहरुलाई नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले छाता, झुल, टर्चलाइट, दोसल्ला र नगदले सम्मान गरेकी हुन् । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र वडा कार्यालयको आयोजना नगरपालिकाको वडा बजेट अन्तर्गत १ लाख रुपैयाँ सो कार्यक्रमलाई छुट्याइएको थियो ।