झापा : झापाको दमकमा एक बालकको शब फेला परेको छ ।
दमक ९ मा बस्दै आएका ११ बर्षका अनिल दर्नालको शब दमक ५ स्थित मुख्य राजमार्गसँगै जोडिएको एक ग्यारेजमा ट्रयाक्टरमा झुण्डिएको अवस्थामा फेला परेको हो । दर्नालले आत्महत्या गरेका हुन् या कसैले हत्या गरि उनलाई यहा ल्याएर झुण्ड्याईएको हो भन्ने बिषयमा अहिले केहि नखुलेको दमक प्रहरीले जनाएको छ ।
बालकको शबलाई अहिले पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको छ । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल शुब्बाले जानकारी दिए ।