तपाई कुनै काम लिएर सरकारी वा गरैसरकारी निकायमा जानुहोस तपाईको काम वापत कसै नै कसैले कमिशन माग्छन् । कमिशन भन्ने घुस हो की होईन म अझै अलमलमा छु तर हरेक क्षेत्रमा कमिशन छ ।

जग्गा किन्न जानुहोस कमिशन, बैंकबाट लोन लिन जानुहोस कमिशन, बिद्यालयमा बिद्यार्थी भर्ना गरे वापत कमिशन, अस्पतालमा बिरामी ल्याईदिए वापत कमिशन, होटलमा ग्राहक लगे वापत कमिशन, सडक, पुल निमार्णमा कमिशन, फाईल बनाए वापत कमिशन हरेक क्षेत्रमा कमिशन ।

कुनै काम गर्दा त्यसमा लाग्ने खर्च भन्दा बढि त कमिशनमा जान्छ । कुनै व्यापार गर्ने सोच बनायो बैंकमा लोनको प्रोसेस गर्दा गर्दा हैरान हुन्छ तर लोन पास हुदैन, बिचौलियाले एकै छिनमा पास गर्छन कारण कर्मचारीको कमिशन । बिकासको योजना बन्छ रकम बिनियोजन हुन्छ तर पचास प्रतिशत कमिशनमा जान्छ अनि प्रचास प्रतिशतबाट कस्तो कामको अपेक्षा गर्ने ? देशमा भष्ट्रचार छैन केवल कमिशनचार छ । सामान्य कुरा तपाई हामी सार्वजनिक यातायात चड्छौ , बस स्टेण्डमा जांदा कसैले तपाईलाई गाडीमा चडाउछ अनि गाडीमा चडाए वापत पनि त्यो व्यक्तिले कमिशन पाउछ । हैन यो देशमा कुन कुरामा चै कमिशनको खेल हुदैन होला र ? साना साना कुरा देखि लिएर ठुला योजना सम्म कमिशन । एक जना व्यक्तिसंग चिया पसलमा बसेर कुरा गर्दै जांदा उनले अच्चमको कुुरा सुनाए बैदेशिक रोजगारीमा जान चाहने व्यक्तिको खा“चो छैन यो देशमा अझ बिदेश भनेको युरोपियन देश हो, नर्सींङ सक्न पाको छैन बिदेशको सपना यो सपना पुरा गर्न पैसाको अभाव अब यो अभाव पुरा गर्न एउटा नक्कली श्रीमान्को आवश्यक्ता हो ति चिया पसलमा गफ गर्ने व्यक्ति चै नक्कली श्रीमानको व्यवस्था गरिदिने अनि त्यो वापत पनि कमिशन ।

एक जना व्यक्तिले यस्तो भन्दै थिए एउटा सरकारी कायालयमा मैले एउटा काम लिएर गएको थिए । त्यो कामले मेरो त फाईदा हुन्थयो हुन्थयो सो कार्यलयको पनि जिम्मेवारी थियो तर पटक पटक काम लिएर गए कहिले काम सम्पन्न भएन हैरान भएर घर फर्कीदै गर्दा एक जना साथीले त्यो कामको लागी थोरै खर्च गर्नु पर्छ भने । म पनि वाक्क भको हुन्छ भने । सो व्यक्तीले हाकीमकोमा लिएर गए र के कानमा खुसुखुसु गरे र हाकिमले हुन्छ भन्दै काम गरिदिए । अब भन्नुहोस कमिशनको पावर कति ठुलो हुदो रैछ । पटक पटक नहुने काम एकै छिनमा । निजिक्षेत्र होस वा सरकारी जहा पनि कमिशन छ आफ्नै पैसा लिन जांदा पनि लेखापाल कमिशन माग्छन् । सबै क्षेत्रमा कमिशनको खेलले बिकास र समृद्धिको नारानारालाई कुरीकुरी गरिरहेको छ । सरकारले यस्तो बिकृतिलाई रोक्न सक्छ कि सक्दैन ? यो ठुलो जनमानसको प्रश्न हो । सबै सामान्य प्रकृयागत कुरहरु जान्दाजान्दै पनि कमिशन दिनु पर्ने बाध्यता छ यदि नियमले यस्तो मिल्दैन भने काम नै बन्दैन भन्नेहरु यो समाज निकै छन् । जानजान भष्ट्रचारलाई बढवा दिनुको बिकल्प छैन । सहज र सरल ढंगबाट कुन कार्यलयमा काम भएको महसुस कोही संग छैन । जहिले सम्म सरकारले नितिलाई कार्यन्वयन गर्न सक्दैन तब सम्म यो बिकृति रोकिदैन ।


कसले निगरानी गर्ने ?

यहाँ त्यस्ता धेरै उदाहरणहरु छन् जसको उल्लेख गरेर सकिदैन । कलेजले बिद्यार्थी धेरै भन्दा धेरै भर्ना गर्न कमिशन दिन्छ, बैंकले कारोबार बढाउन एजेन्टलाई कमिशन दिन्छ, यातायातको साधनले यात्रु धेरै हाल्न कमिशन दिन्छ, निमार्ण कम्पनिले काम लिन कमिशन दिन्छ हरेक क्षेत्रमा कमिशन छ तर यसको निारानी गर्ने सरकारी निकायहरु मैन छन् । सबै जानेर पनि बेखबर जस्तै छन् । यहि रफ्तारमा देश चल्ने हो भने देशको भबिष्य कस्तो होला आफै अनुमान लगाउन सकिन्छ । शिक्षा, स्वास्थ्य, पुर्वाधार विकाश, सरकारी सेवा, सञ्चारका हरेक क्षेत्रमा देखिएको कमिशन बिकृतिलाई न्यूनिकरण गर्न आबश्यक छ ।