सिलिगुडी : भारतमा जारी १७ औं लोकसभा निर्वाचनको दोस्रो चरणअर्न्तगत दार्जिलिङसहित पश्चिम बंगालका तीन जिल्लामा बिहीबार निर्वाचन हुँदै छ । बंगालको दार्जिलिङ, जलपाइगुडी र रायगन्ज जिल्लामा निर्वाचन हुन लागेको हो पहिलो चरणमा बंगालको आलिपुरद्वार र कोचविहार जिल्लामा निर्वाचन भएको थियो ।

लोकसभा निर्वाचनमा बर्सेनि दार्जिलिङ चर्चाको केन्द्रमा रहन्छ । पश्चिम बंगालको नेपालीभाषी बहुल क्षेत्र दार्जिलिङमा १० लाख बढी नेपालीभाषीको बसोबास छ । विगतमाझैं यस पटक पनि केन्द्रीय सत्ताधारी दल भारतीय जनता पार्टी र राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसबीच भिडन्त हुँदै छ । दार्जिलिङ नरेन्द्र मोदी र ममता बेनर्जीबीचको प्रतिष्ठासँग जोडिएको जिल्ला पनि हो ।

दार्जिर्लिडको चुनावी मैदानमा मार्क्सवादी कम्युनिस्ट पार्टी, जनआन्दोलन पार्टी, राष्ट्रिय कंग्रेसजस्ता दल सानाठूला दलका १९ उम्मेदवार छन् । यसपटक सबैले गोर्खा समुदायकै उम्मेदवारलाई उठाएका छन् । छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलनको अगुवा दल गोर्खा जनमुक्ति मोर्चा विभाजित छ । मोर्चामा विमल गुरुड र विनय तामाडका भिन्न गुटले भिन्न दललाई सघाएका छन् । गुरुड खेमाले भाजपाका उम्मेदवार राजु विष्टलाई सघाएको छ ।

यस फटक गुरुड एक्ला छैनन् । सुवास घिसिडको दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, त्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीलगायतका दलको साथ छैन । तामाड खेमाले भने ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसका उम्मेदवार अमरसिंह राईलाई उम्मेदवार बनाएको छ । दार्जिलिङमा क्षेत्रीय दलहरू खास प्रभाव देखिँदैन ।

मार्क्सवादी कम्युनिस्ट पार्टीको पनि प्रभाव छैन । माकपाले नेपालीभाषी समन पाठकलाई उम्मेदवार बनाएको छ । ‘क्षेत्रीय दलहरूको पल्ला जता भारी हुन्छ, त्यही दलले जित्ने निश्चित छ,’ विश्लेषक विमल राई भन्छन्, ‘यस पटक मत विभाजनको संकेत ज्यादा देखिन्छ ।’ विगतमा भाजपाका केन्द्रीय नेताहरू जशवन्त सिंह ९२०१०० र एसएस आहलुवालिया ९२०१४० दार्जिलिङबाट विजयी बनेका थिए । यसपटक मणिपुरी नेपालीभाषी राजु विष्टलाई भाजपाले उम्मेदवार बनाएको छ । दार्जिलिङमा हालै आयोजित एक चुनावी सभामा विष्टले आफूले जित्ने दाबी गरे ।

एक साताअघि कालिम्पोडमा आयोजित चुनावीसभामा भाजपा अध्यक्ष अमित साहले मोदी सरकार आउनेबित्तिकै भारतभरि रहेका करिब डेढ करोड गोर्खालाई जनतातिको मान्यता दिइने दाबी गरेका थिए । दार्जिलिङमा दशकौंदेखि अलग प्रान्त गोर्खाल्यान्डको माग बल्दै र निभ्दै आएको छ । तर, यस पटक गोर्खाल्यान्डप्रति सबै दलहरू मौन छन् ।

विगतमा गोर्खाल्यान्ड दलका घोषणापत्रहरूमै समावेश हुन्थ्यो । तर, यस पटक गोर्खाल्यान्डको बदला जनजातिको मुद्दा मात्रै दलहरूले उठाउँदै आएका छन् । ‘जनजाति मान्यता दिनुपर्ने माग सुवास घिसिडले दशकअघि गरेका थिए,’ एक विश्लेषकले भने, ‘अहिले आएर दलहरूले यही मागलाई चुनावी मुद्दा बनाइदिए ।’

उम्मेदवार विष्ट को हुन् 

राजु भाजपाको छत्रछायामा हुर्किएका नेपालीभाषी हुन् । दुई दशकदेखि भाजपाको राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) का लागि काम गर्दै आएका राजु मूलतः व्यवसायी हुन् । तर, उनको भाजपा र यो दलका नेताहरूसँग बलियो सम्बन्ध थियो । त्यही सम्बन्धका कारण उनलाई सिंगो दलले विश्वास गरेको देखिन्छ ।

भारतको चर्चित सूर्य रोशनी लिमिटेडका मालिक राजु आफ्नो व्यावसायिक आम्दानीबाट सामाजिक सेवामा समेत सक्रिय थिए । राजुले सूर्या फाउन्डेसनमार्फत सामाजिक गतिविधि गर्दै आएका छन् ।

पूर्वोत्तर भारतको मणिपुरस्थित काडपोखमा जन्मिएका राजुको अस्थायी बसोबास दिल्लीको पश्चिम पन्जाबस्थित बाघामा पनि छ । उम्मेदवार बनेपछि राजुले दार्जिलिङलाई आधुनिक सहरको रूपमा स्थापित गर्ने जनाए । केन्द्रीय विश्वविद्यालय निर्माणदेखि चिया श्रमिकका आवत समस्या उनको चुनावी मुद्दा हो । भने, ‘गोर्खाहरूको शिर निहुरिनदिने छैन ।’

सीमा बन्दले सास्ती 

भारतमा जारी लोकसभा निर्वाचनका कारण नेपाल-भारत सीमा नाका बन्द हुँदा यात्रु तथा पर्यटकलाई सीमा वारपार गर्न सास्ती भएको छ । बिहीबार पश्चिम बंगालको दार्जिलिङ, जलपाइगुडी र रायगन्ज जिल्लामा निर्वाचन हुँदै छ । निर्वाचनका कारण भारतीय सुरक्षा संयन्त्रले मंगलबार बेलुकाबाटै नाका बन्द गराएको थियो । जसका कारण सयौं यात्रु अलपत्र थिए । तर, बुधबार दिउँसोदेखि नेपाल तथा भारतीय सुरक्षाकर्मीबीचको सहकार्यमा यात्रुलाई वारपार गराइएको थियो ।

भारततिर जाने यात्रुलाई भारतीय मतदाता परिचय पत्रका आधारमा प्रवेश गर्न सीमा सुरक्षा बल सहमत भएको थियो । भारतबाट आउने यात्रुको हकमा भने कुनै कागजात जरुरी नभएको सुरक्षा अधिकारीले जनाए । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का महानिरीक्षकश्रीकुमार बन्दोपाध्यायले खुला सिमानाका कारण निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि नाका बन्द गरिएको जनाए । निर्वाचनका दिन बिहानैदेखि यात्रुसहित सवारी आवागमनलाई पूर्णरूपमा निषेध गरिने जनाइएको छ । निर्वाचन सम्पन्न भएपछि शुक्रबार बिहानदेखि नाका खुला गरिनेछ ।

 

कान्तीपुर दैनिक बाट