धरान:अवैधरुपमा औषधि विक्री गर्ने र खरीद गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धरान २ मा दिपक मेडिकल हल सञ्चालन गर्ने दिपक साह र अवैधरुपमा खरिद गर्ने धरान ८ का कमल लिम्बुलाई बुधबार ४ बजे प्रक्राउ गरको हो । उनीहरुलाई टेम्पल ५० नामका २ सय ४६ क्याप्सुल, स्पास्सपेन नामका ३ सय ९२ क्याप्सुल र प्यारावालिन नामको ३३ क्याप्सुलसहित रगेहात प्रहरीले प्रक्राउ गरेको हो । यी तीनैवटा औषधि मिसावट गरेर ड्रक्सको रपमा प्रयोग गर्न गरेका डिएसपी न्यौपानले जानकारी दिए । उनीहरुलाई थप कारबाहीका लागि आज औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइएको डिएसपी न्यौपानेले जानकारी दिए ।