धरान: आज बिहान धरान ८ स्थित डेरामा सुतिरहेको बेला एक महिलालाई जर्बजस्ती करणी भएको छ ।

जर्बजस्ती करणी गर्ने झापा जिल्लाको कमल गाउँपालिका ४ का ४० बर्षीय मानबहादुर विश्वकर्मा पक्राउ परेका छन् । डेरामा गएर जर्बजस्ती करणी गरेको सचुनाको आधारमा विश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार पीडित महिलाले जवरजस्ती करणीमा जाहेरी दिएकी छिन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ढुण्डीराज न्यौपानेले बताए । 'पीडित महिलाले करणी नै भयो भनेको छ, मेडिकल जाँच गराएका छौं, रिपोर्ट के आउछ,'डिएसपी न्यौपानेले भने ।