धरान: केही समयअघि धरानको तीनकुनेबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६ गणेशमान चोकका १९ बर्षीय राजेश खत्री हुन् ।

उनलाई प्रहरीले धरान ८ स्थित तीनकुनेबाट चेकजाँचको क्रममा पक्राउ गरेको हो । खत्रीले दुबै हातको पाखुरामा र बाँया नलिखुट्टामा टेपले बाँधेर लुकाई लागुऔषध धरान ल्याउदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेलाब ११ एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।