डेंगु ज्वरो एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रमक सरुवा रो हो । यो रोग सार्ने लामखुट्टे नगर तथा नगरउन्मुख क्षेत्रमा बढी पाइने भएकोले शहरी रोग पनि भन्ने गरिन्छ । यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु, थोत्रा टायरहरु, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्दछ । यस लामखुट्टेले धेरैजसो दिउँसो मात्र टोक्ने गरेको पाइएको छ ।

डेंगु ज्वरोका मुख्य लक्षणहरु

–डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो ।
–यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
–ज्वरोका साथसाथै निम्न लक्षणहरु प्नि देखा पर्दछन् ।:-

१, आखाँको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने ।
२, शरीर कटकटी दुख्ने ।
३, शरिरमा बिमिरा आउने र रक्तस्राव हुने ।
४, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने ।

धेरै ज्वरो आई माथिका लक्षणहरु म्धये दुई वा दुईभन्दा बढी लक्षणहरु देखापरेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । यसका साथसाथै वाककाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का (निलडामा) देखापर्ने, वेहोस हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छन् ।

डेंगु ज्वरोको उपचार

डेंगु ज्वरो भाइरसका कारणबाट हुने भएकोले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणका आधारमा उपचार गरिन्छ । यस रोगको खास उपचार नभएकाले रोगीले सामान्यतया घरमै आराम गरी बसेमा तथा प्रशस्त झोलिलो पदार्थ खाएमा आफै ठिक हुन्छ । तर, रोगको जटिलता बढेमा नजिकको स्वास्थ्य संस्थामा भर्ना भई चिकित्सकको सल्लाह अनुसार उपचाार गराउनुपर्दछ ।

डेंगु ज्वरोबाट बच्ने उपाय

१, डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टेको वृद्धी विकासमा नियन्त्रण गर्नुपर्दछ ।
२, आफु बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
, अनावश्यक पानी जमिहालेको खण्डमा हप्ताको २ पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने र खानेपानीको ट्यांकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । पानी ट्यांकीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ ।
४, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता १, २ चम्चा मट्टितल हालिदिने गर्नुपर्छ र ५, ५ दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ ।
५, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । यसका साथै लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउनुपर्छ ।
, डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा दिनमा टोक्ने लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो ।