गाईघाट :  चौदण्डीगढी नगरपालिका- ७ लाटीखोलामा टिपरले ठक्कर दिदा दुई युवकको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका ७ मा आज बुधबार विहान ११ बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलटार-बसाहा खण्डको लाटी खोलामा दुर्घटना भएको हो ।
बसाहाबाट बेलटारतर्फ आउँदै गरेको स ४ प ३६१ नम्बरको मोटर साइकल सोही दिशाबाट आउँदै गरेका बा २ क ७०९ नम्बरको ट्रिपरले ठक्कर दिदा चौदण्डीगढी नगरपालिका-४, बसाहा बस्ने बर्ष ४८ का खगेन्द्र राई र वर्ष ४० का जीवन राईको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए । टिपर चालक चितवन घर भएका सरोज प्रजा फरार रहेको बताइएको छ ।

दुर्घटनामा संलग्न ट्रिपर प्रहरीको नियन्त्रणमा छ । टिपर मदन भण्डारी लोक मार्ग अन्तर्गत निर्माण हुने पुलको लागी रसुवाको भेक-तुन्दी जेभीले प्रयोग गरेको प्रहरीले बताएको छ । आफन्तले शव बुझ्न अस्वीकार गरेपछि घटनास्थल तनावग्रस्त रहेको छ ।