धरान: धरानको वडा नं ६ पानमाराकी गृहणी शोभा दाहाल भण्डारी हरेक शनिबार बिहानै उठेर हरियो तरकारीको पोको मिलाउन र धरान बजार पुग्न हतार हुन्छ । उनी बिहानै ६ बजे धरान १२, अमान बजार आउछिन् ।

अमान बजारमामा प्रत्येक शनिबार बिहान अग्र्यानिक शनिबारे हटिया लाग्दै आएको छ । उपभोक्ताहरुलाई स्वच्छ र स्वास्थ्यकर अग्र्यानिक तरकारी उपलब्ध गराउने र अग्र्यानिक खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो हटिया लाग्न थालेको हो । शुरुको सातादेखि नै आफुले उत्पादन गरेको अग्र्यानिक तरकारी बिक्रीमा ल्याउदै आएकी छिन् । उनी हरेक शनिबार बिहान पानमाराबाट आफैले फलाएको साग, टमटर, सिवीलगायत अग्र्यानिक हरियो तरकारी लिएर आउछिन् ।

organicss6

धरान ४ वसन्तटारका अगुवा युवा कृषक एवं अग्र्यानिक खेतीका अभियन्ता कृष्ण राईसहितका अगुवाहरु मिलेर यो शनिबारे हटिया शुरुवात गरेका हुन् । यहाँ धरानको पानमारा, वसन्तटार, सागुरीलगायत धरानभित्रै पनि उत्पादन हुने अग्र्यानिक हरियो तरकारी, सागसब्जी, गेडागुडी तथा घरेलु उत्पादनहरु बिक्रीमा राखिन्छ । यो हटियाले अग्र्यानिक किसानलाई मात्र होइन, घरेलु उत्पादन गरिरहेका साना उद्यमीहरुलाई पनि प्रर्वद्धन गरिरहेको छ ।

कृर्षि खेतीमा अत्यधिक रासायनिक मल, बिषादीको प्रयोगबाट उत्पादन भएको कृर्षि उपजले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । धरान ४, वसन्तटार गाउँमा युवा कृषक कृष्ण राईले अग्र्यानिक तरकारी खेती अभियान चलाइरहेका छन् । तर, उचित बजार नपाएर कृषकहरु निरुत्साहित हुन थालेपछि यो हटिया शुरुवात भएको थियो ।

के के पाइन्छ हटियामा ?

organiscs2

शनिबारे अग्र्यानिक हटिया प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म अमान बजारमा लाग्ने गरेको छ । अचेल भने बिहान ६ बजेदेखि नै हटिया लाग्छ । हटियामा सिजनल सबै हरियो तरकारी उपभोक्ताले खरीद गर्न पाउछन् । हिउद र बर्खाको सिजनअनुसारका उत्पादन भएको हरियो तरकारी कृषकहरुले हटियामा ल्याउने गरेका छन् ।

किसानले अउत्पादन भएको सिवि, बोडी, घिरौला, करेला, फर्सीको मुन्टा, टमटर, साग, कटहर, काक्रा, च्याउलगायत अग्र्यानिक उत्पादनहरु उपभोक्ताले हटियामा पाउछन् । यस्तै, महिला उद्यामीले विना मिसावट तयार गरेको गुन्द्रुक, दाल, किनिमा, फिलिंगे अचार, अकबरे अचार, मह, सुद्ध तोरीको तेल, सेलरोटी, बेसार, सुकुटीको अचारहरु पनि उपभोक्ताले सहज मुल्यमा खरीद गर्न पाउनेछन् ।

organicc organis orgicse organics