धरान : ब्लड क्यान्सर रोगको बिपी प्रतिष्ठानमा उपचार गराई रहेकी ताप्लेजुङकी १७ वर्षीय एक किशोरीको उपचारमा आर्थिक समस्या भएकोले उनकी फुपूहरूले सहयोगको याचना गरेका छन् ।
ताप्लेजुङ मिक्वा खोला गापा–४ सावाकी ईक्सा लिम्बुलाई ब्लड क्यान्सर भएकोले बिपी प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ ।
उनकी फुपुद्व्य स्मिता/ललिता लिम्बुले बिरामीको आमा, बुवा नभएको घरको आर्थिक अवस्था कमजोर भएकोले भदैनीको उपचारका लागी सहयोगको याचना गरेका हुन ।
उनीहरूले भदैनीको ज्यान बचाई दिन आग्रह गरेका छन् ।
क्यान्सर पीडित बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले बिपी प्रतिष्ठानमा गरेको थियो ।
बिपीले पहिलो स्टेजको क्यान्सर रहेकोले उपचार गर्न सिभिल हस्पिटल काठमाडौँ रिफर गर्‍यो ।
सिभिल हस्पिटलले किशोरीले केमो थेरापी थाम्न सक्ने स्थिति नरहेको बताएको छ । 
सिभिल हस्पिटलले किशोरीको क्यान्सर अप्रेसन गर्न ६० देखि ७० लाख खर्च लाग्ने बताएपछि खर्च अभावका कारण डिस्चार्ज मागेर पुन बिपी प्रतिष्ठान मै ब्लड चढाई रहेको फुपू स्मिता लिम्बुले बत्ताइन् ।
स्मिताका अनुसार आफन्त र परिवारले खर्च गरे तापनि उपचार खर्च अभाव भएकाले थप उपचारकालगि देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई आफूले सक्ने सहयोग गरी भदैनीको ज्यान बचाई दिन आग्रह गरेकी छिन ।  
सहयोग गर्न चाहनेहरूले स्मिता लिम्बुको मोबाइल ९७०६९८६०२१ खबर गर्न सकिने वा माछापुच्छ्रे   बैकको खाता नम्बर ०८७०९५६५७९०००१० मा सहयोग रकम जम्मा गर्न अपिल गरेकी छन् ।