पुर्वी नेपालको सुन्दर नगरी धरानमा विमान स्थल बन्ने चर्चा चलेको निकै लामो समयविति सकेको छ । धरान विमानस्थल निर्मााणका लागी पछिल्लो समय केही प्रगति भएको छ । यसबारे विभिन्न कोणवाट चर्चा परीचर्चा र बहस चलिरेहको छ । यस सन्दर्भमा अहिले सम्म भएको उपलब्धि र धरानवासीकोले गर्नु पर्ने कार्य बारे यहा संक्षिप्त चर्चा गरिने छ ।

१. धरानमा हवाई यातायात

धरानमा व्रिटिस क्याम्प स्थापना भएपछि धरानको हवाई ईतिहास शुरु भएको पाईन्छ । हाल घोपा क्याम्प भित्र रहेको गल्फकोर्ष रहेको खुल्ला चौरमा ट्वीनेटर जहाज अवतरण गर्ने गरीएको थियो । औषधी, लजिष्टीकका सामाग्री ल्याउन लानको लागी व्रिटीस अफिसरहरुको लागी मात्र प्रयोग गरिए पनि यो नै धरानकोे हवाई यातायातको प्रथम ईतिहास हो । यसपछि २०५० साल पछि हाल रंगशाला परिसरबाट हेलिकप्टरबाट हवाई सुविधा उपलब्ध गराउने कार्य भयो तर त्यो केही समय पछि बन्द भयो । 

२. विमानस्थाल निर्माणको लागी पहल शुरु

यसपछि २०५८ सालबाट विमानस्थल निर्माणको नयाँ प्रयास शुरु भएको पाईन्छ । तत्कालिन सरकारले भौतिक पुर्वाधारहरु निर्माणमा निजी क्षेत्रको लगानी खुल्ला गरेपछि निजी सार्वजानिक साझेदारी (पि.पि.पि.) अन्तरगत स्वमित्व निर्माण सन्चालन र हस्तान्तराण (बि.ओ.ओ.टि.) अवधारणा सम्बन्धी ऐन बने पछि सोही प्रकृया अन्तरगत निजी क्षेत्रको कम्पनी यति ईन्कर्पोरेट प्रा.लि.ले धरानमा विमानस्थल बनाउने तयारी गर्यो । धरानका जनप्रतिनिधीहरु मनोज कुमार मेन्याङबोसहितको अगुवाईमा यसका लागी यति ईनकर्पोटले धरान १७ डाडा घोपामा करीब ७ विघा जग्गा खरीद गर्यो भने यसवाट अपुग प्रस्तावित रन वे क्षेत्रमा पर्ने ओईलानी तथा नगरपालिकाको स्वमित्वमा रहेको करिब ३ विघा जग्गा धरान नगरपालिकाले विमानस्थल निर्माण गर्न दिने सहमती गर्यो ।

नेपाल सरकार नागरीक उड्यान मन्त्रालयको विमानस्थल लगायत भौतिक पुर्वाधार निमार्ण गर्न निजी क्षेत्रलाई जारी गरीएको सुचना अनुसार यति ईन्कर्पोरेट प्रालिले बुट(BOOT) प्रकृयामा धरान विमानस्थल निर्माण गर्न ईच्छुक रहेको मनसाय पत्र पेश गर्यो । प्रा.लि.प्रस्तावित विमान स्थलको नक्सा डिजाईन समेत तयारी गरी पेश गर्यो । तर मन्त्रालयले कुनै प्रतिस्पर्दी नभएको भन्दै अस्वीकार गर्यो  र पुन अर्को सुचना जारी गर्यो । यति ईन्क कर्पोरेट प्रा.लि.ले फेरी प्रस्ताव पेश गर्यो । तर मन्त्रालयले अनुभब नभएको लगायत कारण देखाउदै प्रकृया नै अगाडी नबढाई प्रस्ताव फिर्ता गर्यो । यो प्रकृयाको चक्र पुरा भए पछि सोही ऐन कै नियावलीमा व्यावस्था भए अनुसार निजी क्षेत्रले सार्वजानिक भौतिक पुर्वाधार निर्माणको लागी प्रस्ताब गर्दा पनि नभए वार्ताद्धारा परियोजना अगाडी बढाउन सकिने भनि व्यवस्था गरीएको छ । सो अनुसार यति कर्पोरेटको तर्फवाट पुनः प्रस्ताव गरिए पनि मन्त्रालयले अगाडी बढाएन । राजा ज्ञानेन्द्रसम्मलाई निवेदन दिईए पनि धरान विमानस्थलले स्वीकृती प्राप्त गर्न सकेन ।

३. दोश्रो चरणको पहल

२०६२/६३ को आन्दोलन पश्चात धेरै सरकार आए तर धरान विमानस्थल प्रति खासै चासो राखेनन्, तर धरानेहरुले प्रयास नगरेको भने हैन । पछिल्लो समयमा आएर धरान विमानस्थल सरोकार समिति बन्यो, र नयाँ ढंगवाट पहल शुरु भयो । सो अवधीमा तत्कालिन पर्यटन मन्त्रीहरु खडग बहादुर विक, हिसला यमी, प्रधामन्त्री माधवकुमार नेपाल लगायतसम्म डेलिगेशन जाने कामहरु भए । तर कुनै उपलब्धी भएन ।

४. धरान विमानस्थलबारे नयाँ अध्याय

पछिल्लो चरणमा पर्यटन तथा नागरिक उड्यायन मन्त्रिका रुपमा लोकेन्द्र विष्टमगर आए पछि भने धरान विमानस्थल निर्माणको लागी स्विकृती प्राप्त गर्दै मुर्तरुप लिएकोे छ । यस अगाडी धरानका राजनैतिक दल नागरिक समाज उद्योगी व्यावसायी नगरपालिकोे तर्फवाट मन्त्री, प्रधानमन्त्रीसम्मलाई ज्ञापन पत्र बुझायौ तर उपलब्धि केही भएन । तर धरान नगरबासीको माग सम्बोधन गदै धरान विमानस्थल स्विकृत गरीदिनु भएकोमा मन्त्री लोकृन्द्र विष्ट मगर धन्यवादको पात्र हुन ।

५. कसरी प्राप्त भयो धरान विमान स्थलको स्वीकृती

धरान विमानस्थल अब पर्यटन तथा नागरीक उडयान मन्त्रालय अन्तर्गत नेपाल नागरिक उडयान प्रधिकरणले निर्माण गर्दछ । यो सरकारको तर्फबाट हुने छ । यस अगाडीको प्रकृया बि.ओ. ओ. टि. बाट भने हुने छैन । विमानस्थल निर्माणको लागि नेपाल नागरिक उड्यान प्राधिकरणको योजना अनुसार बन्ने विमानस्थल निर्माण गर्न प्रधिकरणले बुट– बि.ओ.टि. अन्तरगत निजी क्षेत्रलाई पनि दिन सक्नेछ । नेपाल सरकार वा नेपाल नागरिक उडयान प्रधिकरणले विमानस्थल निमाण गर्न स्विकृती दिनुपर्ने हुन्छ ।
पछिल्लो चरणमा २०६८ पुसमा पछिल्लो निर्णयको लागी मन्त्री लोकेन्द्र मगरलाई भेट्न तत्कालिन ए.ने.क.पा.(माओवादी) सुनसरी जिल्ला ईन्चार्ज मुक्सामहाङ मेन्याङबो मुकेश तथा धरान विमानस्थल सरोकार समितीको अध्यक्ष मनोज भटराई, तत्कालिन ए.ने.क.पा.(माओवादी) धरान अध्यक्ष चोत्लुङ लगायतको प्रतिनिधी मण्डल काठमाण्डौ गएको थियो ।

पहिलो भेटमा नै मन्त्री मगरले प्राधिकरणका महानिर्देशक र ईन्जीनियरसहित निरीक्षण गर्न आउने बताउनुभयो । यसपछि अन्तरक्रियासहितको कार्यक्रमको उत्साह साथ तयारी गरीयो । २०६८ पुष २४ गते मन्त्री आउने निश्चित भयो । मन्त्री मगरको आगमनसंगै प्रस्तावित विमानस्थल क्षेत्रको निरीक्षण गर्ने कार्य भयो । सोही दिन धरान विमानस्थल सरोकार समिती र धरान विकास मन्चद्धारा कन्चनजंगा होटलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरीयो । यस कार्यक्रममा पुर्वमेयर मनाृज कुमार मेन्याङबो मन्त्री ज्युलाई धरानको विमानस्थलको निर्णय गर्नु उत्प्ररित गर्नु भएको् थियो । अन्तरक्रियामा मन्त्री विष्टले धराने जनताको पक्षमा निर्णय गर्ने आश्वासन दिनु भयो । यस लगतै विमानस्थल सरोकार समितीको प्रतिनिधी मण्डल पुन काठमाण्डौ गयो ।

नेपाल नागरीक उडयान प्राधिकरणको कार्यालयमा धरानको प्रतिनिधी मुक्सामहाङ मेन्याङबो मुकेश, मनोज भटराई, चोत्लुङ, अशोक अग्रवाल तथा यति ईन्कर्पोरेट प्रा.लि.को प्रतिनिधी आङछिरीङ शेर्पा, विजय श्रेष्ठ तथा प्रधिकरणको तर्फवाट निर्देशक सुमन सहित गम्भीर छलफल भयो । यस छलफलले अहिलेसम्मको प्रयास असलफल हुनुको साथै निजी क्षेत्रवाट विमानस्थल निर्र्र्र्माण गर्न सरकारले विभिन्न बाहानामा नदिने देखिएकाले सम्भव नहुने निश्कर्ष निकालियो । तर पर्यटन मन्त्री सकरात्मक भएकोले सरकारी तरवरमार्फत प्रकृया अगाडी बढाएमा स्वीकृती सम्भब हुने निश्कर्ष निकालियो । सो निश्कर्षसहित धरान नगरपालिकोतर्फवाट माग पेश गर्ने निचोड निकालियो ।

तत्काल धरान नगरपालिमा जानकारी गरीयो र नगरपालिकाको आयोजनामा सर्वदलिय तथा सर्वपक्षिय छलफल आयोजना गरी ध.न.पा.को तर्फवाट नेपाल सरकार पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई धरानमा विमानस्थल निर्माणको स्वीकृतीको लागी माग गरीयो । धरानमा विमान स्थल बनाउन मन्त्री सकरात्मक रहेको यो अवस्थामा सरकारीे तर्फवाट प्रयास भएमात्र विमानस्थल बन्न सक्ने यो निश्कर्ष नै धरान विमानस्थल निमार्णका महत्वपुर्ण घुम्ती हो । नगरपालिकाको माग पत्रको साथै धरान विमानस्थल सरोकार समिती र धरान विकास मञ्चको तर्फवाट भानुचोकमा हस्ताक्षर संकलन गरी मन्त्रालायमा बुझाईयो । हस्ताक्षर बुझिसके पछि मन्त्री विष्ट मगरले नेपाल नागरिक उड्यायन प्राधिकरणलाई मन्त्रालयको तर्फवाट सर्वे प्रकृया अगाडी बढाउन निर्देशन जारी गर्नु भयो । यस लगतै प्राधिकरणले धरान १७ स्थित डाँडा घोपामा सर्वे सम्पन्न ग¥यो । उक्त सर्वे र डिपीआर अनुसार १ किलोमिटर लम्बाई र १०० मिटर चौडाई को रनवेसहित अन्य प्रयोजनको लागी करिब १८ विघा जग्गा आवश्यक पर्ने दखियो । उक्त डि.पि.आर नोर्थ स्टार ईन्जीननियरिङ कन्सलटेन्स प्रा.लि. ललितपुरले गरेको थियो ।

सरोकार समितीको संयोजक मनोज भटराई र हामी करिब १५ दिन कन्सल्टेन्स कै कार्यालयमा रहेर कामलाई छिटो गर्न सहजीकरण गरेका थियौ । यस सन्दर्भमा धरान नगरपालिकामा सर्वदलिय सर्वपक्षिय छलफल गरी यदि विमान स्थलको स्विकृती प्राप्त हुने भएमा उक्त करिव १३ विघा जग्गा मध्ये धरान न.पा. र ओईलानीमा परेको करिव ७ विघा जग्गा प्राधिकरणलाई उपलब्ध गर्ने र वाकी करिव ६ विघा निजी व्याक्तिहरुको जग्गा नगरपालिकाले नै आफनो नाममा दर्ता रहेको ६५ विघा जग्गा मध्येवाट सम्बन्धीत निकायको स्विकृती लिई सटाभर्ना गरि व्यावस्थापन गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता पत्र न.पा.को तर्फवाट नागरिक उड्यान मन्त्रालय र प्रधिकरण पाठाईयो । सोही धरान नगरपालिको प्रतिबद्धता अनुसार नै २०६९ साल बैशाख १८ गते पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले जग्गाको व्यावस्थापन स्थानिय तहवाट नै हुने गरी धरान विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्यान प्रधिकरणलाई सैद्धान्तिक तथा नीतिगत स्विकृती प्रदान गर्ने निर्णय गर्न सफल भयो । धरान विमानस्थलको निणर्य गर्दा विमानस्थल नभएको जिल्लामा नटीकलमाईलको निती लागु नहुने निर्णय समेत भएकोले यसको छुटै महत्व रहेका छ । यसले विमानस्थल नभएका सवै जिल्लामा विमानस्थल बनाउन सकिने व्यावस्था गरेको छ । यसकारण नियावली संशोधन भएको छ ।

Airport-document

६. तत्कालिन अवस्थामा के के कामहरु भएका थिए ?

क.डिटेल सर्वे:  यस विमानस्थलको डिटेल सर्वै भइ सकेको छ । तत्कालिन दररेटमा जग्गा मुआब्जासहित करिव १६ करोड लागत रहेको छ ।
. प्रारम्भीक वातावरणीय अध्यायन भईसकेको छ ।
. नगरपालिकाले जग्गा उपलब्ध गराएको छैन ।

७. किन रोकीयो निर्माण कार्य र फेरी किन गरियो सर्वे ?

नेपाल नागरिक उड्यान प्रधिकरणले सो मन्त्रालयवाट धरान विमान स्थल निर्माणको स्वीकृती प्राप्त गरिसके पछि नगरपालिकाले व्यावस्थापन गर्ने जग्गा के कसरी व्यावस्थापन हो भनी न.पा.लाई पत्र पठाई सोधेको थियो । त्यसपछि धरान नगरपालिकाले प्रस्तावित विमान स्थलमा क्षेत्रमा न.पा.को नाममा रहेको र ओईलानी जग्गा स्वत उपलब्ध गर्ने तथा निजि करिव ६ विघा जग्गा न.पा. कै सोही क्षेत्रमा रहेको ६५ विघा जग्गावाट सटाभर्ना गर्ने तथा यति ईन्ककर्पोरटको नाममा रहेको जग्गा प्राधिकरण आफैले खरिद गर्नु पर्ने प्रस्ताव गरि पठाएको थियो ।

जग्गा व्यावस्थापनका लागी प्रविधिक समिति बनाई अध्यायन समेत भएको हो । यस लगतै नेपाल नगारिक उड्यायन प्राधिकरणले धरान विमानस्थल निर्माण कार्य जग्गा व्यवस्थापन भए पछिमात्र अगाडी बढ्ने हुदा त्यस नगरपालिकाले उपलब्ध गर्ने जग्गाहरु नेपाल नागरिक उड्यान प्राधिकरणको नाममा दर्ता गरि दिनु हुन भनी पत्र पठाएको थियो । तर धरान नगरपालिकाको नाम रहेको ७ विघा जग्गा नेपाल नागरिक उड्यायन प्राधिकरणलाई दिने विषयमा धरानका राजनीतिक दल तथा नगरपालिका विच कुरा मिलेन । उल्टो धरान विमानस्थललाई दोश्रो संविधान सभा निर्वाचनमा नारा बनायोे ।

नगरपालिको नाममा भएको जग्गा दिनु हुदै भन्नेसम्म कुरा भए । तत्कालिन एकीकृत ने.क.पा.(माओवादी) को तर्फवाट जग्गा दिन नगरपालिकालाई बारम्बार दबाव दिदा समेत आलटाल भईरह¥यो । यसरी हामीले नगरपालिकामाको नामका रहेको जग्गा दिन सकेनौ । अहिलेसम्म धरान विमानस्थल निर्माण कार्य अगाडी नबढ्नुको मुख्य कारण यही नै हो । पछिल्लो समयमा स्थानिय विकास मन्त्रालयको सहमती लिने र जग्गा उपलब्ध गर्ने भनियो । स्थानिय मन्त्रलयको तात्कालिन सचिवले धरानको कार्यकारी अधिकृतलाई तपाईको पालामा नगरपालिकाको जग्गा नदिनु होस् । तपाईलाई समस्या पर्छ भनेर भन्नुभएकोले दिन नसकिने भनियो । तर पछिल्लो समयमा मन्त्रालयले लिजमा दिने बारे सहमती दिएको थियो । ७ विघा जग्गा तत्काल लिजमा दिने र प्राधिकरणले विमानस्थल निर्माण कार्य अगाडी बढाउने कुरा भएपनि धरान नगरपालिका र नेपाल नागरिक उड्यान प्राधिकरण विच लिज सम्झौता हुन सकेको छैन ।

लिज सम्झौता कै लागी भनेर प्रधिकरणको टोली धरान आएको पनि हो तर तयारी नभए पछि सामान्य छलफल र स्थलगत निरिक्षण गरि फर्किएको थियो । विमानस्थल स्विकृत भएको ५ वर्ष पछि जिवन बहादुर शाही पर्यटन मन्त्री भएको बेला डेढ करोड बजेट छुट्याईयो । तर धरानमा जग्गा व्यावस्थापन गर्न नसके पछि उक्त खर्च कहा गर्ने ? हावामा त कुनै संरचना बन्दैन । यस पछि ४२ सिट क्षमताको जहाज अवतरण गर्न सक्ने विमान स्थलको सर्वे गर्ने तर्फ लागीयो । सर्वेको रिपोर्ट अनुसार अव १२ मिटरको धावनमार्ग सहित १८ मिटर लम्बई, करिब ३ सय मिटर चौडाई , पार्कीङ, टर्मीनल बिल्डीङसहित ९३ बिघा जग्गा व्यावस्थापन गर्नु पर्ने देखिएको छ ।

यसको कुल लागत जग्गाको मुआब्जासहित करिब ६ अर्ब रहेको छ । यो सर्वे पछि पनि नेपाल नागरिक उड्यान प्राधिकरणले धरान उपमहानगरपालिकालाई जग्गा व्यवस्थापन गर्न पत्र लेखीसकेको छ । यस कारण धरान नगरपालिकाको जग्गा प्रधिकरणलाई उपलब्ध नगरिएसम्म निर्माण कार्य कुनै हातमा आगाडी बढ्दैन, किनकी हावामा त विमानस्थल बन्दैन । प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङकन यस आगाडी भई सकेको छ । तर जग्गा व्यावस्थापनबारे ठोस निर्णय गरी कुनै न कुनै प्रकृयाद्धारा प्राधिकरणलाई जग्गा उपलब्ध नगराएसम्म धरान विमानस्थल निर्माण कार्यले मुर्त रुप लिने छैन । त्यो केवल नारा मात्र हुने छ ।

८. विमानस्थल निर्माण गर्न तपशिल कार्य गर्नु आवश्यक छ

क. पहिलो- सवै भन्दा पहिलो नगरपालिकाले धरानमा केका लागी विमानस्थल बनाउने स्पष्ट हुनु पर्दछ । किनकी धरान विमानस्थल पर्यटन पुर्वधारको रुपमा विकास गर्ने हो । यहाँवाट माउण्टेन फ्लाईट गर्न सकिने र यो उपयुक्त स्थान पर्दछ । यस अगाडी बिराटनगरवाट गरिएको माउण्टेन फ्लाईट सफल भएको छैन । तर धरानमा माउण्टेन फ्लाईटको सिजन हिउँद महिनामा हुस्सु कुहिरो नलाग्ने हुदा उत्तम हुन्छ । अर्को कुरा नेपालको माउण्टेन फ्लाईटको रुट पुर्वको कन्चजंगादेखी सुदुर पश्चिमको अपिसैपाल हिमाल सम्म हो, र फ्लाईट पुर्ववाट पश्चिम तर्फ गर्नुपर्ने हुन्छ ।

विहान ७ देखी ९ बजे सम्ममा सवैभन्दा उत्तम मानिन्छ । यस पछि हिमाल तुवालो हुन्छ । हाल काठमाण्डौबाट उडान भर्दा करिब एक घण्टा समय खेर गईरहेको छ । यदी धरान विमानस्थल निर्माण भएपछि यी सवै उडान धरानबाट गर्न सकिन्छ । पहाडी जिल्ला र धरान काठमाण्डौ, विराटनगरको विकल्प त धरान हुदै हो । अन्य खेलकुदको कार्य समेत गर्नु सकिन्छ । धरान विमानस्थल बन्दा धरानेले सुविधा पाउने, राजनैतिक सामाजिक पहुच बढ्ने, पर्यटकलाई भित्रयाउन सकिने, समग्रमा धरानको समृद्धिमा ठुलो योगदान पु¥याउने हुदा कुनै हालतमा हामी धरानवासीले विमानस्थल निर्माण गर्नु पर्दछ ।

ख. कुनस्तरको विमान स्थल बनाउने -  धरान विमानस्थल अधिकतम बन्ने भनेको एटीआर ४२ सिट क्षमताको जहाजको लागी नै हो । न्युनतम १९ सिटे ट्वीनेटर विमान उडान अवतरण नै हो । आज हामीलाई ६ अर्ब रकम चाहीएको छ । ९३ विघा जग्गा चाहीएको छ । हामी यो काम एकै चोटी गर्नु सक्छौ । सायद सोच्नु पर्दछ । यदी हामी यो व्यावस्थापन गर्न सक्दैनौ भने हामी अहिले सानो १ किमी धावन मार्ग भएको विमानस्थल बनाउने र पछि विस्तार गर्ने योजना बनाउन उपयुक्त हुन्छ ।

ग. अब पहिलो सर्त जग्गा व्यावस्थापन- हो जग्गा व्यावस्थापन सजिलो कुरा हैन । तर हामी विमानस्थल बनाउने हो भने हामीसँग सवैभन्न्दा पहिला नगरपालिकाको नाममा रहेको जग्गा नागरिक उड्यान प्राधिकरणलाई दिनुको विकल्प छैन । त्यो चाहे लिजमा होस या पास गरिदिने कुरा होस् । बाँकी रहेको जग्गा व्यावस्थापनको लागी नगरपालिकाले आर्थिक स्रोत जुटाउनु पर्दछ । आर्थिक स्रोत नेपाल सरकार हुनसक्छ, प्रदेश सरकार हुन सक्छ । यसका अलवा हामी दातृनिकायहरुसंग समेत पहल गर्नु सक्छौ । यसका बिकल्प निजी क्षेत्र समेत हुन सक्छ । यसरी जग्गा व्यावस्थापन संगसंगै निर्माणको लागी समेत आर्थिक स्रोत जुटाउनु पर्ने हुन्छ ।

निजी जग्गा धनीहरुलाई मुआब्जाको लागी बजेट- नेपाल सरकार / प्राधिकरणवाट निजी जग्गाहरुको मुआब्जाको लागी बजेट विनियोजन गर्नु पहल गर्नु पर्दछ । र जग्गा प्राप्ती प्रकृया अगाडी बढाउनु पर्दछ । यसो हुन नसकेमा नगरपालिकामा यस आगाडी भएको सहमती अनुसार नगरपालिकाको जग्गावाट नै सटाभर्ना दिनु पर्दछ ।

घ.नगरपालिकाको जग्गामा बसोवास गरेका सुकुम्बासीहरुको उचित र न्याय पुर्ण व्यवस्थापन गर्नु पर्दछ ।

प्राधिकरणबाट निर्माण कार्य प्रारम्भ–निर्माण कार्यको लागी नेपाल सरकार र प्राधिकरणबाट बजेट व्यवस्थापनको लागी पहल गर्नुपर्दछ । निजी क्षेत्रवाट समेत वजेटको व्यवस्था गर्न सकिन्छ ।

९.के हामी धरान विमान स्थल निर्माण गर्न सक्छौ ?

धरानबासीहरुको सपना, धरान विमानस्थल निर्माणको महत्व पुर्ण र निर्णयक विषय धरान नगरपालिका नाममा रहेको जग्गा दिने सम्बन्धी निर्णय नगरपालिकामा हुन नसक्दा करिब ७ वर्ष भई सकेको छ । यसर्थ हामी धारान वासीले जग्गा दिने निर्णय ग¥यौ भने विमानस्थल बन्न सम्भव छ । अन्यथा विमानस्थल बन्दैन । तसर्थ तत्कालिन माओवादी मन्त्री लोकेन्द्र विष्टले हाम्रो धरान विमानस्थल निर्माणको लागी नेपालको हवाई नियमावली नै परिर्वतन गरेर धरान विमानस्थल निर्माणको स्विकृत गरिदिए भने अब हामी धरानबासीले दिन्छौ भनेको नगरपालिकाको जग्गा दिएर विमानस्थल किन नबनाउने ? धरानकै समृद्धीको लागी बन्ने विमानस्थलको लागी नगरपालिकाको जग्गा किन नदिने ? के हामी हाम्रो भविश्यको निर्णय लिन सक्दैनौ ? यदीमा हामी धरानको विकास समृद्धी चाहान्छौ भने धरानमा विमानस्थल बनाउने दृढ अठोट गर्नुपर्दछ । त्यो बोल्ड निर्णय गर्ने क्षमता राख्नै पर्दछ । धरानवासी हामीसंग त्यो हिम्मत र साहस छ । आउनु होस हामी सवै धरानवासी एकजुट भएर लागौ धरान बिमानस्थल कुनै हालतमा बनाउनु पर्दछ । अहिलेसम्म केवल चुनावी नारा मात्र बनेको छ । अब छिटै धरानको आकासमा हवाईजहाज उडान हुने गरी कार्यगर्नु पर्दछ ।

लेखकः नेकपा सुनसरी सदस्य तथा धरान विमान स्थल निमार्णका अभियान्ता हुन ।

airport-desin
धरान विमानस्थलको नक्सा