धरान : प्रहरीले धनकुटा साँगुरी गढी–४ का ३२ वर्षीय मनोज राईलाई ४ केजी गाँजा सहित शनिवार धरान–१३ बाट पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार राईले अस्थायी प्रहरी चौकीले पक्राउ गरेको हो । 
यसै गरी धरान–८ का २१ वर्षीय   विश्व लिम्बुलाई लागु औषध ९३० चक्की सहित अस्थायी प्रहरी चौकी बरगाछीले पक्राउ गरेको छ ।  
यसै गरी इनरुवा–८ का ३४ वर्षीय मोहम्मद सफरुल र कोशी गापा–५ का ४८ वर्षीय अशोककुमार यादवलाई ब्राउन सुगर सहित पक्राउ गरिएको छ । उनीहरूबाट ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल बरामद गरिएको छ । 
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले इनरुवा–६ बाट चेकजाँचको क्रममा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसै गरी झापाको बुद्ध शान्ति गाउँपालिका( ३ का २२ वर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।