झापा: खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापामा दुई जना बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका ४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय छोरा क्रेडिड बुढाथोकी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार कमल गाउँपालिका ४ स्थित भुत्लुङखोलामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा ती दुई बालक पौडी खेल्न गएका थिए । शुक्रवार दिउँसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएका बालकद्धय साँझसम्म घर नर्फिएपछि खोज तलास गर्ने क्रममा उनीहरू डुबिरहेको अवस्थामा स्थानीयले मृत फेला पारेका थिए । यता घटनाको बारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।