सुनसरी: प्रहरीले सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवाबाट पेस्तोल र लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका ५ मगर टोलका २७ बर्षीय करण कुमार चौधरी र २१ बर्षीय प्रकाश चौधरी रहेका छन् । उनीहरुलाई बिशेष सूचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (आरआइटी) र इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले आज बिहान ७ बजे पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट मेड इन युएसए ७.६३ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन २ थान, गोली राउण्ड ३ थान वरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

000 1

साथै, उनीहरुको साथबाट लागुऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजेल्याव ३५ एम्पुल र लाइफ लाइन लेखिएको ५ एमएलको सिरिन्ज एक थान समेत बरामद गरेको प्रहरीले जनाएको छ । हतियार र लागुऔषधसहित पक्राउ परेका दुबैको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।