इटहरी : विजया दशमी अन्र्तगतको अन्तिम दिन पुर्णिमाको अवसर पारेर गोरखा डिर्पाटमेन्ट स्टोर इटहरीले उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत र दशै कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेस नम्बर १का विभिन्न पाँच ठाउँमा सञ्चालन हुदै आएको गोरखा डिपार्टमेन्ट स्टोरले बर्ष भरी नै एक दिन पनि विदा नलिने ३१ जना कर्मचारी र एक दिन मात्र विदा लिने १३ जना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । हरेक वर्ष गोरखा डिपार्टमेन्ट स्टोरले दशैको पुर्णिमाका दिन दशंै कार्यक्रमको आयोजना गरि उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कृत,सम्मान तथा दशैको शुभकामना आदान प्रदान साथै टिका लगाउने कार्यक्रम गर्दै आएको छ । कर्मचारीहरुलाई हौसाला प्रदान गर्न यस प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले वताए । कर्मचारी र सञ्चालकहरु विच आत्मियता बढाउन सबै शाखाका कर्मचारीहरुको प्रतिनिधित्वमा दशैं कार्यक्रम सञ्चालन गरिदै आएको समेत आचार्यले जानकारी दिए । दशैं कार्यक्रममा डिपार्टमेन्ट सञ्चालक आचार्यले कर्मचारीहरुलाई टिका लगाई दिएका थिए । गोरखा डिपार्टमेन्ट स्टोरमा इटहरी, धरान, विराटचौक, पथरी र दमकमा गरी १४सय कर्मचारीहरु कार्यरत रहेका छन ।