इटहरीः आउन लागेको छैठ पर्वको तयारी तथा कार्यक्रमको बारे छैठ पर्व सेवा समिति इटहरी सुनसरीले जानकारी गराएको छ ।

पत्रकार सम्मेलन गरेर छैठ पर्व मनाउने स्थलको निमार्णदेखि सुर्य देउताको मन्दिर निर्माणसम्मको तयारीको जानकारी गराइएको छ । प्रत्यक बर्ष झै यो बर्ष पनि सुनसरी र मोरङ्ग सिमामा पर्ने बुढिगंगा जमुना मुक्तिघाटको किनारामा मनाउने छैठ पर्वको तयारी प्रारम्भ भएको छैठ सेवा समितिले जनाएको छ । भाई टिकाको भोलीपल्टबाट सुरु हुने पाँच दिनसम्मको छैठ पर्वको लागी करिब एक लाख विस हजार भन्दा बढि ब्रतालुहरुको सहभागी हुने गरि तयारी गरिने संस्थाका सह सचिव मुकेश कुमार चौधरीले जानकारी दिए ।

त्यसैगरि छैठ पर्व पुजा गर्नका लागी करिब चार सय स्टलको निमार्ण गरिने छ भने गत बर्षदेखि निमार्ण काम सुरु भएको सुर्य देवताको मन्दिर पनि निमार्ण सम्पन्न गरेर उद्घाटन गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष बासुदेव साहले जानकारी दिए । मन्दिर निमार्ण पश्चात यहि कार्तीक १३, १४ र १५ गते मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने योजना रहेको र सुर्य देवताको मुर्ती उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले सहयोग गरेको संस्थाका संरक्षक हिरा महतोले जानकारी दिए । त्यसै गरि छैठ पर्वको तयारीको लागी करिब सात लाख ९२ हजार खर्च हुने समितीका सह सचिव मुकेकुमार चौधरीले जानकारी दिए ।