झापा: झापाको अर्जुनधारा नगरपालिका ९ गोलधापका २२ बर्षीय बसन्त धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधवार राती पौने ९ बजेको समयमा रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो । माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर धिमालको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जनाएको छ ।