झापा: नेपाल भ्रमण वर्ष शुरु हुन केही महिनामात्र बाँकी छँदा झापाको दमक नगरपालिका वडा नम्बर १० मा रहेको इन्द्रेणी ताल तथा सिमसार क्षेत्रको स्तरउन्नतीमा बल्ल स्थानीय सरकारले चासो देखाएको छ ।

नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको घोषण गरी करिब २० लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको छ । करिब एक दशक भन्दा लामो समयदेखि अस्तित्वमा रहेको सो तालको स्तरउन्नतीका लागि स्थानीय सरकारले चासो देखाएको हो । सो तालको आज दमक नगरपाकिकाका इन्जिनियर, वडा नम्बर दशका वडा अध्यक्ष बोधराज न्यौपाने, इन्द्रणी तथा तथा सिमसार व्यावस्पन समितिका अध्यक्ष देवि प्रसाद दाहाल, सचिब डिल्ली प्रसाद न्यौपाने, सामाजिक व्याक्तित्व अम्बिकाप्रसाद खनाल लगायतको टोलीले तालको स्थलगत अवलोकन गरेका छन ।

पूर्वाञ्चल कै मानब निर्मित जेठो तालका रुपमा पहिचान बनाएको इन्द्रणी ताललाई दमक नगरपालिकाको चालु आर्थिक बर्षको १५ लाख र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगतको १५ लाख गरि ३० लाख रुपैयाको बजेटबाट स्तर उन्नती गर्न लागिएको दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेले बताए । करिब १ हजार मिटर लामो तालको दुवै तर्फ यस अघिनै कच्चि सडक निर्माण गरि सकिएको छ । तर बर्षाका समयमा बाटो निर्माणका क्रममा लगाइएका हम्पाईपहरु बगेका र कतिपय स्थानमा बाटो समेत बिग्रीएकोले पहिलो चरणमा ती हम्पाईपलाई व्यवस्थित गर्दै क्षति पुगेको सडक मर्मत गरिने अध्यक्ष न्यौपानेले बताए । यसका साथै तालको प्रकृतिक स्वरुपलाई नविगारीकनै पानीका स्रोतको विकाशगर्ने जातका बिरुवाहरु पनि रोपिने अध्यक्ष न्यौपानेले बताए ।

विस्तृत प्रतिबेदन तयार नहुदा समस्या

स्थानीय भालु खोलालाई करिब चार दशक अघि सो स्थानका स्थानीयहरु माटोको कच्चिबाँध निर्माण गरि सिंचाईको सुविधा उपभोग गर्र्दै आएका थिए । मुलुकमा प्रजातन्त्र आएसंगै सो कच्चिबाँधलाई नेपाल सरकारको सहयोगमा पक्किबाँध मा परिणत गरिएपछि यसले तालको रुपमा लिएको थियो । शुरुका समयमा नितान्त सिंचाईकालागि भनेर निर्माण गरेको ताललाई व्यावस्थितगर्न शुरु गरेसंगै यो तालले पूर्वाञ्चलमा नै निकै ख्याती पाएको थियो । यहि तालको अनुसरण गरेर अहिले पूर्वाञ्चलमा धेरै ताल तथा सिमसारहरु व्यवस्थित भइसक्दा पनि यो तालले भने अझै आफनो स्वरुप परिवर्तन गर्न सकेको छैन ।

indreni-taal1

बजेट अभाब, राजनीतिक फेरबदल जस्ता कारणले यस तालको बिस्तृत अध्यायन प्रतिबेदन (डिपिआर) तयारहुन नसक्दा यसको दिगो विकाशमा समस्या भएको इन्द्रेणी ताल तथा सिमसार क्षेत्र व्यावस्थापन समितिका अध्यक्ष देविप्रसाद दाहालले बताए । केहि बर्ष अघि सम्म पनि यस तालमा नौका विहार आसपासमा साना चिया पसल माछा पालन लगायतका सुविधाहरु रहेको भएपनि अहिले यो ताल पुन मृतअ अवस्थामा गुज्रिरहेको छ । यो ताललाई पुन पुरानै अवस्थामा फर्काउन तत्काल नौका सावारको व्यावस्थागर्न अतिनै आवश्यक रहेको अध्यक्ष दाहालले बताए । यो तालको दिगो विकाशकालागि स्थानीय सरकार दमक नगरपालिकाले पनि विस्तृत कार्यक्रम र बजेट बिनीयोजन नगरेको स्थानीय तुलसि कुवँरले गुनासो गरे । बर्षै विच्चे याहाँका स्थानीयहरुले तालको असर खेपि रहेका भएपनि यसले दिने प्रतिफलको कुनै पनि प्रत्याभुति हुन नसक्दा निकै दुःख लागेको कुवरले गुनासो गरे ।


आर्थिक तथा पर्यटन विकासको प्रशस्त सम्भाबना

पूर्वपश्चि राजमार्गभन्दा करिब ७ किलो मिटर दक्षिणमा रहेको यो तालको दिगो विकाश हुन सके यस क्षेत्रको आर्थिक तथा पर्यटनमा समेत दह्रिलो सहयोग पुगने प्रशस्त संभाबना यो तालले बोकेको । दमक नगरपालिकाका अन्य स्थानहरुमा खासै यस्ता सिमसार तथा तालहरु भएको र शहरी बातावरण भन्दा केहि पर रहेको यो ताल आफैमा सुन्दर मान्न सकिन्छ । प्राकृति पानीले भरिएको यस लाई लाई व्यावस्थित गरि प्रचार प्रचार गर्न सके यो तालबाट दोेहोर फाईदा लिन सकिने प्रशस्त सम्भावना बोकेको छ ।

यो ताललाई व्यावस्थित गरि बाह्य तथा आन्तरिक पर्यटकहरुको आर्कषण बढाउने सके यस क्षेत्रका स्थानीयहरुको समेत आर्थिक अवस्थामा सुधार ल्याउन सकिने गरिक कार्यक्रमहरु संचालन गर्नसकिने प्रशस्त आधारहरु रहेको छ । यो संगै तालमा ठुलो परिमाणमा माछा तथा हास पालन गरेर नमुना कृषिको बिकाश गर्न सकिने आधारहरु पनि प्रशस्त रहेको छ । जसका कारण याहाँका केहि स्थानीयहरुलाई रोजगार सृजना हुनुका साथै परर्निभरतालाई पनि क मगर्न सकिने आधारहरु तयार हुन सक्ने सम्भावना पनि उत्तिकै रहेका छन ।

पूर्वाधारको पनि उस्तै अभाब

यो ताल सम्म पुग्नकलागि पूर्वाधारको अभाब पनि उस्तै अभाब रहेको छ । पूर्वपश्चिम राजमार्ग भन्दा दमकचौक बाट करिब सात किलोमिटर दक्षिणमा उर्भर खेती योग्यभूमीको बिचभागमा रहेको यो ताल सम्म पुग्नकालागि तालका दुबै तर्फ करिब २ बर्ष अघि तालका दुबै तर्फ बिस फुटका कच्चि सडक निर्माण गरिएको भएपनि यि सडको स्तर उन्नती हुन सकेको छैन ।

यो ताललाई जोडने हाईबे सेतुमारी सडक पनि पूर्ण रुपमा कालोपत्रे हुन नसक्दा याहा सम्म पुग्नकलागि बर्षामा हिलाम्य र हिउदमा धुलाम्मे सडकको सामना गर्नु परिनै रहेको छ । तालको पश्चि किनारा नजिकै दमक चक्रपथ रहेको भएपनि यसको पनि स्तर उन्नती हुन नसक्दा यि दुबै सडक भएर यो ताल सम्म पुग्नकालागि समस्या रहेको छ । यसैगरि तालको आसपासमा विद्युत, बस्नकालागि चौतारा, सार्वजानिक शौचालय, खानेपानी लगायतका पूर्वाधारहरुको पनि अभाब रहेको छ ।