इटहरी: इटहरीबाट ईनरुवा जाँदै गरेको म्याजिक भेन दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरीबाट ईनरुवा जाँदै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको टेम्पु एक आपसमा ठक्कर हुँदा टेम्पुुमा सवार र म्याजिकमा सवार २२ जना घाइते भएका हुन् । घटनाको पुर्ण विवरण आउँन भने बाँकी रहेको छ । घाइते मध्ये ५ जना गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।