पथरी : मोरङको पथरीशनिश्चरेका वासिन्दाहरुले प्रशासन समक्ष सुरक्षा संबेदनशिलतालाई लिएर गुनासो पोखेका छन् । समुदाय प्रहरीपालिका समितिको आयोजनामा पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा भएको प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गतको सार्वजनिक कार्यक्रममा नगरवासिहरुले सुरक्षाका विषयमा गुनासो पोेखेका हुन् । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा डीएसपीको कमाण्ड रहन थालेपछि लागू औषध दुव्र्यसनबाट युवाहरुलाई मुक्त गर्दै शान्ति सुरक्षा थप व्यवस्थित गरिनु पर्ने स्थानीयले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरपालिकाको समेत सहकार्यमा नगरमा डीएसपीको कमाण्ड रहेको इलाका प्रहरी कार्यालय पथरीबाट थप व्यवस्थित सुरक्षा प्रदान हुने विश्वास व्यक्त गरेका छन् । उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि सोही धारणा राखेकी थिइन् । छलफलमा पथरीशनिश्चरे र कानेपोखरीका अगुवा तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

pathari-news
सो अवसरमा, समाजसेवी वीरवहादुर वस्नेत, पर्शुराम कार्की, नरहाङ राई, नेत्रबहादुर थापा, मेनुका राई, नरेश घतानी, नेत्रप्रसाद दहाल, जनप्रतिनिधिहरु सहितले आफ्ना धारणा राखेका थिए । युवाहरुमा बढेको दुर्ब्यर्सन नियन्त्रण गर्नुपर्ने, पथरी प्रहरीको भवन थप व्यवस्थित गर्नुपर्ने, हसन्दहमा प्रहरी दरवन्दी राख्नुपर्ने, कानेपोखरी तर्फ पनि प्रहरीको संख्या बढाउनु पर्ने, जंगल क्षेत्रमा थप सुरक्षा बढाउनु पर्ने, ट्राफिक व्यवस्थापन सहितका सुझाव उनिहरुले दिएका थिए । यस्तै सञ्चारकर्मि भिमराज अधिकारीले प्रहरी शहरकेन्द्रित हँुदा गाउँगाउँमा सेवा दिन नसकेको गुनासो पोखेका थिए ।

जंगलकोबीचमा पर्ने पथरीशनिश्चरेमा आपराधिक घटनाहरु बढेपछि जिल्लाले उर्लावारी र बेलबारीकोबीच पारेर पथरीमा डीएसपी लक्ष्मीप्रसाद अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी व्यवस्थापन गर्ने काम थालेको हो । कार्यक्रममा डीएसपी अधिकारीले स्थानीयको सहकार्यमा पथरीशनिश्चरे र कानेपोखरी क्षेत्रको शान्ति सुरक्षा थप व्यवस्थित गर्ने वचनवद्धता व्यक्त गरे ।